Ultimate magazine theme for WordPress.

के संगै देखिदैछन आर्यन र सुहाना ?

253

काठमाडौं – पछिल्लो समय अभिनेता आर्यन सिग्देल निकै चर्चामा छन्। चलचित्र ‘चच हुईं’ पछि कुनै चलचित्रमा नदेखिएका आर्यन अब भने नयाँ चलचित्र ‘डिसेम्बर फल्स’ मा देखिदैछन् । प्रविण झाले निर्देशन गर्ने थ्रिलर चलचित्र ‘डिसेम्बर फल्स’ मा आर्यनसँगै सलोन बस्नेतको अभिनय रहने बताइएको छ । यस चलचित्रको लागि हिरोइनको भने टुङगो लागेको छैन । चलचित्रमा आर्यनको जोडी बन्नका लागि अभिनेत्री सुहाना थापालाई प्रस्ताव गरिएको छ । हाल सुहानाले सोही चलचित्रको स्क्रिप्ट पढीरहेको बताइएको छ ।

सुहानाका पिता सुनिल कुमार थापाले यस चलचित्रबाट अफर आएको कुरा स्वीकार गरेपनि काम गर्ने नगर्ने निश्चित नभएको बताएका छन् । चलचित्र ‘ए मेरो हजुर ३’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी सुहाना फूलपातीदेखि चलचित्र ‘ए मेरो हजुर ४’ को छायांकनमा व्यस्त छिन् ।यस चलचित्रमा अब दर्शकले आर्यन र सलोनलाई एकसाथ देख्न पाउने भएका छन् । केदार भुषालको पटकथा तथा संवाद रहेको यस चलचित्रको २०७८ साउन १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ ।