Monday, August 15

बाबु-छोराले एकैदिन लगाए डीएसपीको फूली

August 4, 2022

काठमाडौं –

प्रहरीमा बाबु-छोराले एकैदिन डीएसपीको फूली लगाएका छन् । नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक ९डीएसपी० मा एकैपटक बढुवा भए पछि बाबु–छोराले ।

राजेन्द्र अधिकारी र उनका छोरा ध्रुव अधिकारी बिहीबार दर्ज्यानी चिह्न लगाएका हुन् ।राजेन्द्र जनपदतर्फ र छोरा प्राविधिकतर्फबाट डीएसपीमा बढुवा भएका हुन् ।

राजेन्द्रले २०५१ सालमा प्रहरी सहायक निरीक्षक (असई) नेपाल प्रहरीमा सेवा प्रवेश गरेका थिए भने ध्रुव चाहिँ २०७५ सालमा प्राविधिकतर्फ इञ्जिनियर इन्सपेक्टरमा भर्ना भएका हुन् ।

प्रहरी निरीक्षकबाट डीएसपीमा बढुवा भएका ६३ जनाले बिहीबार दर्ज्यानी चिह्न लगाएका छन् ।

उनीहरुसहित बढुवा भएका डीएसपीलाई बुधबार आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले दर्ज्यानी चिह्न लगाइदिएका छन् ।

ध्रुवका बुबा राजेन्द्र २०५७ सालमा सई र २०६७ सालमा इन्सपेक्टरमा बढुवा भएका थिए ।नेपाल प्रहरीका ६३ जना प्रहरी अधिकारीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।

विभिन्न मितिमा बढुवा भएका ५७ जना र खुल्ला प्रतियोगिताद्वारा नवनियुक्त प्राविधिक प्रहरी निरीक्षक ६ जना गरी ६३ जना प्रहरी अधिकृतहरूलाई प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बिहीबार दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

दर्ज्यानी चिन्ह प्रदान गरिएकामा प्रशासनतर्फका प्रहरी नायव उपरीक्षक ३३ जना, प्राविधिकतर्फका प्रहरी नायव उपरीक्षक ९ जना र प्राविधिकतर्फका प्रहरी निरीक्षक २१ जना रहेका छन्।

Comment