Wednesday, August 10

तिजको गीतमा पेटीकोट डान्स, अरुलाई थर्काउने शिब हमाल आफै उछृङ्खल गित निकाल्दै (भिडियो सहित)

August 4, 2022

काठमाडौं ।

हरेक वर्षको तिजमा कुनै न कुनै गीत भाइरल वा विवादित बन्ने परम्परा जस्तै भइसक्यो । यसपाली पनि अछुतो नरहला जस्तो छ ।

सुशीला पाठकको स्वरमा तीन दिनअघि रिलिज भएको गीत ‘पापाकी परी’ ले तिजको माहोल तताउने लक्षण देखिएको हो ।यो गीतको भिडियोमा करिश्मा ढकालको उन्मुक्त नृत्यले चर्चा बटुलिरहेको छ ।

एउटा दृष्यमा उनले पेटिकोट लगाएर नृत्य गरेकी छन् । गीत सार्वजनिक हुनासाथ यो दृष्य टिकटकमा भाइरल बनेको थियो ।विवाहका लागि केटो हेर्न आएपछि केटीको मनमा पैदा हुने उथलपुथललाई लिएर यो गीत सिर्जना गरिएको हो ।

शिव हमालका शब्दमा आशिष अविरलको संगीत यसमा छ । गीत जति मनोरञ्जनात्मक छ, म्युजिक भिडियाको बेग्लै आकर्षण छ । करिश्माको उन्मूक्त डान्स र हाउभाउको धेरैले प्रशंसा गरेका छन् ।

गीतमा केहीले नकारात्मक कमेन्ट पनि गरेका छन् । गीतका केही शब्दहरु उछृङ्खल रहेको उनीहरुको तर्क छ । उछृङ्खल भनिएका शब्दहरु यस्ता छन्ः

के हुन्छ होला है बिहेको राति, अँध्यारो कोठामा अञ्जान साथी । के गरौं के गरौं लौ संगी तँ भन्, तँलाई पो भनेँ त अरुलाई नभन् सम्झेरै गइसक्यो सातो बरिलै ।

यस गीतका गीतकार हमाल राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका कार्यसमिति सदस्य हुन् । लोदोहोरी प्रतिष्ठानले लोकसंगीतमा विकृति बढेको भन्दै यसलाई सुद्धिकरण गर्ने अभियान चलाइरहेको छ ।

यस्तो अभियानमा हमाल पनि सक्रिय छन् ।तर, उनैको गीतले उछृङ्खलतालाई बढावा दिएको आरोप कतिपयले लगाएका छन् ।

यही आरोपबाट आत्तिएका हमाल आफू आत्मालोचित बनेको भन्दै युट्यूवबाट गीत हटाउने कुरा गर्न थालेका छन् ।

यद्यपि, यो गीत त्यस्तो अपाच्य छैन । गीतमा आएका अधिकांश कमेन्टहरु सकारात्मक छन् ।भिडियो

Comment