Ultimate magazine theme for WordPress.

बिहानै दुखद खबर : गुल्मीमा जीप दु’र्घटना, ५ जनाको मृ’त्यु, ३ घा’इते

671

गुल्मी । गुल्मीमा जीप दु’र्घटना हुँदा ५ जनाको मृ’त्यु भएको छ । जीपमा सवार २ जना ग’म्भीर घा’इते भएका छन् ।जिल्लाको इस्मा गाउँपालिकाको वडा नम्बर–४ को हु’ल भन्ने स्थानमा लु १ ज ११६६ नम्बरको जीप दु’र्घटना हुँदा ५ जनाको घ’टनास्थलमै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) प्रविणलाल श्रेष्ठले जानकारी दिए ।दु’र्घटनामा इस्मा गाउँपालिका–४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धन बहादुर अछामी र मालिका गाउँपालिका–५ का ८० वर्षीया सुन्दरी थापाको ज्यान गएको इस्मा प्रहरी चौ’कीका इ’न्चार्ज मोहनलाल अधिकारीले जानकारी दिए ।

दुर्घटनामा इस्मा गाउँपालिका–४ हुलकै १९ वर्षीय फर्सुराम थापा, २८ वर्षीय सरस्वती द’र्लामी र सहचाक २५ वर्षीय कमल हितान घा’इते भएका छन् । चालक बुद्ध बस्नेत स’कुशल रहेका प्रहरीले जनाएको छ । घा’इतेहरुलाई उपचारको लागि गुल्मी अस्पताल पठाइएको छ ।शुक्रबार बिहाना इ’स्माबाट त’म्घास आउँदै गरेको जीप दु’र्घटनामा परेको हो । जीपमा चालकसहित ९ जना सवार रहेको प्रहरीले जनाएको छ ।