Monday, August 15

दुर्गेश थापालाई बहिष्कार गर्ने दोहोरी प्रतिष्ठानले शिब हमाललाई बहिस्कार गर्ला त ?

August 5, 2022

काठमाडौं ।

यसपालिको तिजको गितको रुपमा बाजारमा आएको एक गित बिबादित बनेको छ । शुशिला पाठकको स्वर अनि शिब हमालले सब्द सृजना गरेको गीत ‘पापाकी परी’ बिबादित बनेको हो ।

आषिस अविरल नामक युटुबबाट सार्बजनिक भएको उक्त गित उताउलो डान्स अनि अश्लील र उछृङ्खल सब्दको कारण बिबादित र अलोचित बनेको हो ।

यो गीतको भिडियोमा करिश्मा ढकालको उन्मुक्त नृत्यले चर्चा बटुलिरहेको छ । एउटा दृष्यमा उनले पेटिकोट लगाएर नृत्य गरेकी छन् । गीत सार्वजनिक हुनासाथ यो दृष्य टिकटकमा भाइरल बनेको थियो ।

विवाहका लागि केटो हेर्न आएपछि केटीको मनमा पैदा हुने उथलपुथललाई लिएर यो गीत सिर्जना गरिएको हो । शिव हमालका शब्दमा आशिष अविरलको संगीत यसमा छ ।

हमाल राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका कार्यसमिति सदस्य हुन् ।शिब हमाल तिनै व्यक्ति हुन् दुर्गेश थापाको तिज गित बिबादित हुदा उनकै नेतृत्वमा दुर्गेश थापालाई दोहोरि प्रतिष्ठानले बहिस्कार समेत गर्न भ्याएका थिए ।

लोदोहोरी प्रतिष्ठानले लोकसंगीतमा विकृति बढेको भन्दै यसलाई सुद्धिकरण गर्ने अभियान चलाइरहेको छ ।यस्तो अभियानमा हमाल पनि सक्रिय छन् ।तर, उनैको गीतले उछृङ्खलतालाई बढावा दिएको छ ।

आफ्नो अशिलाल सब्द र पेटिकोट डान्स सहित सार्बजनिक भएको गित पछी उनलाई दोहोरि प्रतिष्ठानले बहिस्कार गर्छ कि गर्दैन त्यो भने हेर्न बाकि छ ।

Comment