मंगलबार १८ आश्विन २०७९

काठमाडौं महानगरपालिकाले डेंगु संक्रमितका लागि स्वास्थ्य परामर्श दिन २४ घण्टे हटलाइन सुरु गरेको छ ।संक्रमित भए वा भएको शंका लागेमा ११८० मा कल गरेर स्वास्थ्यकर्मीहरुसँग परामर्श लिन सक्ने व्यवस्था मिलाएको महानगरका मेयर बालेन साहले जानकारी दिएका छन् ।

उनले आवश्यक भएमा १०२ मा कल गरेर महानगरको निशुल्क एम्बुलेन्स सेवा लिन सक्ने पनि बताएका छन् ।डेंगु जसरी समूदायमा फैलाएको छ, त्यसको रोकथाम र नियन्त्रणका लागि अत्याधिक सचेतना र क्रियाशीलताको आवश्यकता भएको भन्दै मेयर बालेनले डेंगु विरुद्धमा टोल टोल वा सामूदायीकरुपमा नै सक्रिय भएर लाग्न पनि अपिल गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्:डेङ्गु जसरी समूदायमा फैलाएको छ, त्यसको रोकथाम र नियन्त्रणका लागि अत्याधिक सचेतना र क्रियाशीलताको आवश्यकता भएको कुरा हामी सबैले अनुभव गरेको कुरा हो ।यसका लागि महानगर पहिलेदेखि नै महानगरस्तरमा सक्रिय रहेको जानकारी गराउँदछौँ ।

भइरहेका कार्यक्रमहरुलाई थप विस्तार गर्दै नयाँ कार्यक्रमहरु पनि ल्याएर स्रोत तथा जनशक्तिको अधिकतम प्रयोग गरिरहेका छौँ ।डेङ्गु संक्रमितहरुका लागि आजबाट २४ घण्टे हटलाइन सुरु गरेका छौँ । संक्रमित भए वा भएको शंका लागेमा तपाईले 1180 मा कल गरेर स्वास्थ्यकर्मीहरुबाट नै परामर्श पाउन सक्नु हुनेछ ।

त्यस्तै आवश्यक भएमा 102 मा कल गरेर महानगरको निशुल्क एम्बुलेन्स सेवा लिन सक्नु हुनेछ ।यो सँगै डेङ्गु विरुद्धमा टोल टोल वा सामूदायीकरुपमा नै सक्रिय भएर लाग्न पनि हामी हार्दिक अपिल गर्दछौँ ।


Last Updated on: September 15th, 2022 at 11:02 pm

तपाईको प्रतिक्रिया