Wednesday, August 10

केपी शर्मा ओलीको घर अघिल्तिर चार जना गुप्तचर परिचालन, फोन पनि ट्यापिङ्

August 5, 2022

काठमाडौं ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आफ्नो घर अघिल्तिर चार जना गुप्तचर परिचालन गरेको दाबी गरेका छन्।

विभिन्न विदेशी र नेपाली सञ्चारमाध्यमका पत्रकारसँग बिहीबार भएको अन्तरक्रियामा एमाले अध्यक्ष ओलीले त्यस्तो आरोप लगाएका हुन्। ‘नागरिकको वैयक्तिक जीवनमै हस्तक्षेप गर्ने?

अहिले सरकारले जनताको फोन नै ट्यापिङ् गरिरहेको छ। यस्तो गर्न मिल्छ?’ उनले थपे ‘हेर्नुस् मेरो घर अघिल्तिर चार जना गुप्तचर राखेको छ सरकारले।

राज्य संयन्त्रले मेरा विरुद्ध गुप्तचर नै परिचालन गरेको छ। यसरी ब्ल्याकमेलिङ् गर्ने? ब्ल्याकमेलर सरकार होइन त यो?’

यो पनि – सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

निर्वाचन मिति घोषणापछि सत्ता गठबन्धनका नेताहरु बैठक बसेर छलफल गर्न लागेको यो पहिलो पटक हो ।

सत्ता साझेदार दलहरुबीच स्थानीय तह निर्वाचनमा जस्तै गठबन्धन गरेर निर्वाचनमा जाने विषयमा छलफल हुँदै आएको छ । तर उनीहरुबीच सिट बाँडफाँटको विषयमा कुरा मिलिसकेको छैन ।

सत्ता गठबन्धनका एकजना नेताले आजको बैठकमा सिट बाँडफाँट र चुनावको रणनीतिका विषयमा छलफल हुने बताए ।

Comment