बुधबार १९ आश्विन २०७९

अष्ट्रेलिया । अष्ट्रेलियामा झरनाबाट खसेर एक जनाको मृ’त्यु भएको छ। क्विन्सल्याण्डको झरनाबाट खसेर एक वृद्धको मृ’त्यु भएको बताइएको छ। उनी करीब २५ मिटरमाथिबाट खसेको प्रहरीको अनुमान छ।

बिहीबार दिउँसो गोल्ड कोस्टको भित्री क्षेत्रमा रहेको स्प्रिङब्रुक राष्ट्रिय निकुञ्जमा रहेको ४ किलोमिटर ट्विन फल्स सर्किटमा हिँड्ने क्रममा ७० वर्षका ती व्यक्ति खसेका थिए। उनको उद्धारका लागि उक्त क्षेत्रमा हेलिकप्टर पठाइएको थियो। तर, उनको गम्भीर चोटका कारण मृ’त्यु भएको प्यारामेडिक्सहरूले बताएका छन्।

यसबारे थप जानकारी आउन बाँकी रहेको छ। त्यस्तै सिड्नीमा नेपालीको एक युनिटमा आगलागी भएको छ। उक्त घटनामा एक जना विद्यार्थी जलेर सक्त र अर्का सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ।बुधबार बिहान तीन बजेतिर सिड्नीको हर्जभिलस्थित नेपालीको युनिटमा आगलागी भएको हो।

न्यु साउथ वेल्सको फायर एण्ड रेस्क्यु टोली पुगेर घटनास्थलबाट २ जनाको उद्धार गरेको जानकारी दिएको छ।उद्धार टोलीका अनुसार घाइते हुनेमा अन्दाजी २० र ३० वर्षीय २ पुरूष रहेका छन्। घाइतेमध्ये सोफामा कम्मलभित्र बेहोस भएका विद्यार्थीलाई चिन्ताजनक अवस्थामा उद्धार गरिएको थियो।

उनको रोयल नर्थसोर अस्पतालको आइसियुमा उपचार भइरहेको छ।उनीहरूले कोठामा बालेको हिटरबाट आगो सल्किएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। हर्जभिलस्थित तीन तले घरमा आगलागी भएको थियो। स्मोक अलार्म बजेपछि घरबाट अन्य व्यक्तिहरू पनि घरबाहिर निस्किएको बताइएको छ।

यो घटना घटेपछि न्यु साउथ वेल्सको फायर एण्ड रेस्क्यु टोलीले सबै घरधनीलाई अनिवार्य रूपमा स्मोक अलार्म जडान गर्न निर्देशन दिएको छ।अहिले फायर एण्ड रेस्क्यु न्यु साउथ वेल्स र फायर इन्भेस्टिगेशन एण्ड रिसर्च युनिटको सहकार्यमा न्यु साउथ वेल्स प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। आगलागी परी घाइते भएका व्यक्तिको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको बताइएको छ।


Last Updated on: September 15th, 2022 at 11:20 pm

तपाईको प्रतिक्रिया