शुक्रबार १४ आश्विन २०७९

जीनत अमान आफ्नो जमानाकी सुन्दर बलिउड कलाकार थिइन् । हिन्दी फिल्मकी नायिकाको छवि नै परिवर्तन गर्ने नायिका हुन् उनी । उनी आधुनिक, खुला विचारधारी थिइन् र फिल्मको पर्दामा उग्र रूपमा एक्सपोज गर्ने गर्थिन् ।

सबै उनको रेशमी कपालको लागि पागल थिए। चाहे त्यो आजको युगको होस् वा ७० को दशकको ।हो, यहि जीनत अमानको सुन्दरता थियो कि अभिषेक बच्चन पनि उनको प्रेममा पागल बनेका थिए । जब जीनत आफ्नो करियर को शीर्ष स्थानमा रहेकी थिईन् ।

त्यो समयमा अभिषेक बच्चन उमेरमा निकै सानै थिए तर जीनत अमानको सुन्दरताले उनको टाउको खलबलिएको थियो । अमिताभ बच्चन र जीनत अमानको फिल्म ‘महान’ को छायांकन लगभग सकिएको थियो । फाइनल शेड्युलको छायांकन नेपालको राजधानी काठमाडौंमा चलिरहेको थियो ।

स्कूल बिदामा अभिषेक पापाको फिल्म महानको सुटिङ हेर्न काठमाडौं आएका थिए । सुटिङका क्रममा बच्चन परिवार पनि यहा आईपुगेका थिए । त्यतिबेला अमिताभ बच्चनका छोरा अभिषेक बच्चन मात्र ५ वर्षका थिए । यहाँ सुटिङका क्रममा सेटमा उनको जीनत अमानसँग राम्रो मित्रता भयो ।

अनि उनी जीनतसँग पूरा समय खेल्थे। एक दिन जब जीनत अमान डिनर गरेर आफ्नो कोठातर्फ जान लागेकी थिईन् तब अभिषेक बच्चनले ५ वर्षीया प्यारीसँग कोसँग सुत्ने भनेर जान्न चाहे ।यस्तो अवस्थामा जब उनलाई थाहा भयो कि जीनत अमान एक्लै सुत्दैछिन् ।

यो सुनेर अभिषेक निकै छक्क परेका थिए । अभिषेकले निर्दोष भएर जीनतलाई सोधे– के म तिमीसँग सुत्न सक्छु ? जीनतले पनि ठट्टा गर्दै जवाफ दिइन– ठूलो भए पछि है । ५ वर्षको उमेरमा अभिषेक बच्चन विवाह गर्न चाहन्थे र विवाहका लागि उनको रोजाइ पापाकी हिरोइन जीनत अमान थिइन् ।

सानो अभिषेकको मन पापाको हिरोइनमा परेको थियो । अभिषेक २८ वर्षीया जीनतसँग प्रेममा परेका थिए । आज पनि अभिषेक आफ्नो पहिलो प्रेम जीनत अमान भएको बताउँछन् । जीनत अमानले नै उनलाई प्रेम भन्ने चिजसँग परिचय गराएकी थिइन्।


Last Updated on: September 15th, 2022 at 11:35 pm

तपाईको प्रतिक्रिया