आइतबार १६ आश्विन २०७९
रुषा थापा

अहिले चुनाव लड्नका लागि वा टिकटको लागि जिल्ला जिल्लाका कार्यकर्ताहरु नेताको घरघरमा धाइरहेका छन् । नेताहरुले भने कि आफ्नो मानिसलाई टिकट दिइरहेको वा ३ करोडदेखि ५ करोडसम्म पैसा लिएर ठेक्कदार , गुण्डा र व्यापारीहरुलाई टिकट दिइरहेको कुरा सुन्नमा आएको छ ।

यत्रो पैसा खर्च गरेर टिकट लिएको मानिसले झन् चुनावमा दशौँ करोडसम्म खर्च गरेर चुनाव जित्ने गर्छ । आफूले भ्रष्टाचार गरेर वा राज्यलाई तिर्नुपर्ने राजस्व छलेर कमाएका पैसाहरु अहिले व्यापारी र ठेक्कदारहरुले पार्टीलाई टिकट पाउनका लागि खर्च गरिरहेका छन् ।

अहिले पार्टीमो धेरै वर्ष काम गर्ने वा जनताको हितमा काम गर्ने मानिसले पैसा दिन नसक्दा टिकट पाएका छैनन् र चुनाव लडनबाट वञ्चित भइरहेका छन् ।पार्टीका नेताहरुको अघिपछि जुन व्यापारी वा ठेक्कादारहरु लाग्छन् वा पैसा दिन्छन् त्यसले नै टिकट पाउँछ ।

अहिले पैसा हुने मानिसहरु पार्टीलाई पैसा दिएर टिकट लिनका लागि नेताको घरमा दौडधुप गरिरहेका छन् । अहिले जति चुनावमा खर्च गरेको छ भोलि चुनाव जितेपछि त्यसको दोब्बर भ्रष्टाचार गरेर उठाउने गरिन्छ । पछिल्लो समय पार्टीमा २० वर्ष जनताको हितमा काम गरेपनि पैसा छैन भने टिकट पाइदैँन ।

आगामी चुनावमा काठमाडौँको क्षेत्र नम्बर ४ बाट चुनाव लड्न नेपाली काँग्रेसले महामन्त्री गगन थापालाई टिकट दिएपछि जनताहरु आक्रोश बन्दै थापाको विरोध गरिरहेका छन् । २०७० ÷७४को चुनावमा यहँी क्षेत्रबाट थापाले चुनाव लडेर जितेका भएका थिए र स्वास्थ्य मन्त्री समेत बनेका थिए ।

तर उनी मन्त्रीमा पुगेपछि उनले जनताहितमा एउटै काम गरेनन् । पदमा पुगेपछि मत दिने जनतालाई नै बिर्सिएको र काम नगरेको भन्दै यस क्षेत्रका जनता उनको अहिले विरोध गर्छन् ।त्यसकारण यसपालिको चुनावमा काँग्रेस पार्टीले थापालाई टिकट दिएतापनि जनताले उनलाई भोट दिदैँनन् भनेर सबैलाई थाहा भइसकेको छ ।

त्यस्तै यता काँग्रेसकै अर्को महामन्त्री विश्वप्रकाश शर्माले २०७४ सालको चुनावमा झापाबाट हारेका थिए र यसपालिको चुनावमा पनि उनले हार्ने छन् भनेर झापा कै जनताहरु बताउँछन् । काँग्रेसका युवानेता भनिने वा महामन्त्री भनिने यी दुई ओटै नेतालाई जनताले विश्वास गर्दैनन् ।

यिनीहरुको पृष्ठभूमि केलाउने हो भने यीनीहरुले कहिलेपनि जनताको हितमा काम गरेनन् तर मिडियाबाजी गर्न भने कसैले भ्याउदैँन । अहिलेको चुनावमा जनताले भोट नदिएर हार्नुपरि पछि यिनीहरु सांसद पनि बन्न पाउँदैनन् । साथै पार्टीको महाधिवेशनमा पार्टी सहपति भएर वा देशको प्रधानमन्त्री हुन पनि पाउँदैनन् ।

यिनीहरु डा.शेखर कोइरालाको पार्टीका मान्छेहरु हुन् भनेर जनता नै बताउँछन् । काँग्रेसका सहपति वा प्रधानमन्त्री शेरबहादुर देउवालाई अहिले गठबन्धन टिकाउन हम्मेहमे परिरहेको छ । त्यस्तै अहिले गठबन्धनभित्र सिटको भागवण्ड मिलाउन सकिहेको छैन भने उता डा.शेखर कोइराला र एमालेका अध्यक्ष केपी ओली भेटे गरेर देउवालाई असफल बनाउने प्रयास गरिरहेको छन् ।

सय सिटभन्दा मुनि सम्झौता गर्नुहुदैँन भनेर अहिले कोईराला, थापा र शर्मा देउवालाई दबाब दिइरहेका छन् भने उता एमालेका अध्यक्ष ओली गठबन्धन फुटाउन आफ्नो ज्यान फालेर हिडिरहेका छन् । पछिल्लो समय पार्टीमा देउवालाई सहयोग गर्नुको साटो यिनीहरु ओलीसँग मिलेर गठबन्धन तोड्न जुटिरहेका छन् ।

अहिलेपनि देउवाको पक्षमा रहेका मानिसहरुले थापा र शर्मालाई टिकट दिनुहुदैँन भनेर भनिरहेका छन् । आगामी चुनावमा कसरी पार्टीलाई विजय गराउने र कसरी बलियो बनाउने भनेर सोच्नुको साटे थापा र शर्मा आफ्नो भागवण्ड मिलाउनतिर नै लागिपरेका छन् ।

आगामी चुनावमा पार्टीले यिनीहरुलाई टिकट दिएतापनि यिनीहरुलाई जित्न निकै गाह्रो छ भनेर जनता नै बताउँछन् ।अहिले थापा र शर्माको दाउ भनेको नै जसरी भएपनि आगामी चुनाव जित्ने र सांसद बनेर प्रधानमन्त्री पद खाने । एकतिर ज्योतिषले देउवा ७ पटक प्रधानमन्त्री हुने भन्दै् हल्ला फिजाउँछन् भने अर्कोतिर थापा र शर्माले चुनाव जितेपनि देउवाको पक्षमा रहेका मानिसहरुले यिनीहरुलाई सांसद र प्रधानमन्त्री बन्न दिने छैनन् ।

गगन थापा र विश्वप्रकाश शर्मा डा. शेखर कोइरालाको पार्टीको मानिस हुन् ।अहिले कोइरालाका पक्षहरु पार्टीमा ४० प्रतिशत भाग हामीलाई चाहिन्छ भनेर देउवासँग माग गरिरहेका छन् भने उता देउवा भने काँग्रेस एक्लै भएमा आगामी चुनाव हारिन्छ भनेर माओवादीको साहारा लिन पुगेका छन् ।

पछिल्लो समय बजारमा जनताहरुका अनुसार अहिले सरकार नै प्रचण्ड वा पुष्पकमल दाहालको नेतृत्वमा चलिरहेको छ । त्यस्तै यता गठबन्धन फुटाउन नसकेर ओलीलाई न रातमा निन्द्रा र न दिनमा भोक नै लागिरहेको छ ।ओली अहिले गठबन्धन फुटाउनका लागि कहिले देउवासँग भेटघाट गर्छन् त कहिले कोइराला सँग नै ।

तर केही गर्दा पनि गठबन्धन फुटाउन नसकेपछि आगामी चुनाव एमाले पार्टी हार्छ भनेर ओलीले थाहा पाइसकेका छन् ।त्यस्तै यता देशको अर्थतन्त्र टाप पल्टिसकेको भनेर अर्थविदहरु बताउँछन् । तर उता व्यापारी र ठेक्कदारहरु चुनाव लड्न वा टिकट पाउन पार्टीलाई यत्रो पैसा पोखिरहेका छन् भनेर पनि सुनिन्छ ।

असारदेखि भर्दौसम्म २ खर्ब ६० अर्ब रकम बैंकबाट निक्षेप निकालेको पाइन्छ तर अहिले पाएर त व्यापारीहरुले यहँी चुनाव लड्न भनेर निकालेको पनि बुझिन्छ ।माओवादीका अध्यक्ष प्रचण्डले देशको अर्थतन्त्र नाजुक अवस्थामा रहेको र देश श्रींलकाको बाटोमा जाँदै गरेको समेत बताएका छन् ।

साथै प्रधानमन्त्री शेरबहादुर देउवा पनि देशको आर्थिक अवस्था नाजुक रहेकाले सरकारी कर्मचारीलाई तलब दिनका लागि पनि विदेशी ऋण लिनुपर्ने बाध्यता आएको बताउँछन् । झन् एमालेका अध्यक्ष केपी ओली त नेपालको अर्थतन्त्र श्रींलका नै बनेको बन्दै भाषण गर्दै हिड्छन् ।

सूचना तथा सञ्चार मन्त्री पनि देशको अर्थतन्त्रमा केही सुधार नआएको बताउँछन् ।अहिले अर्थविद्हरुका अनुसार नेपालका अर्थमन्त्री जर्नादन शर्मालाई आफ्नो पदको मात्र माया रहेको छ र उनलाई अर्थतन्त्रको बारेमा केही पनि थाहा छैन । यस्तो अवस्थामा पनि व्यापारी र नेताहरुले यत्रो पैसा कताबाट ल्याएर चुनाव जित्छन् त ।

यसबाट त बैंक र सहकारीमा भएका पैसाहरु मानिसहरुको घरघरमा रहेको प्रमाणित हुन्छ ।अर्थमन्त्री जर्नादन शर्माले जनताले घरमा लुकाएर राखेको पैसा म निकाल्छु भनेर भनेका थिए तर त्यो पनि उनले निकाल्न सकेनन् र हजार र ५ सयको नोट प्रतिबन्ध लगाई दुई हजारको नयाँ नोट ल्याउन पनि सकेनन् ।

अहिले अर्थमन्त्रीकै कारण देशको अर्थतन्त्र नाजुक अवसथामा पुगेको र गर्भनरकै कारण व्यापार घाटा पनि बढिरहेको भनेर जनता बताउँछन् ।विगत वा २०७९ सालको स्थानीय चुनावको नतिजा हेर्दा मेयर, गाउँपालिका अध्यक्ष र वडाध्यक्षहरुमा सबै व्यापारी ,गुण्डा र ठेक्कदारहरुले नै जितेका छन् ।

यिनीहरुले पैसा नै खर्च गरेर टिकट लिए र पैसा नै खर्च गरेर चुनाव जिते । यसपालि पनि पैसा हुने मानिस नै अघि बढ्ने छन् । अहिले पनि कति राजनितिक दलका नेताहरुले कति व्यापारी वा ठेक्कदारसँग पैसा लिइरहेका छन् र चुनाव जितेपछि सामानको मूल्य बढाउने काम गर्छन् ।

यिनीहरुले चुनाव जितेर आएपछि एनजीओहरुको झोला बोक्ने र चुनावमा गरेको खर्च उठाउने गर्छन् । यसले गर्दा अब झन् विकृति फैलिँदै जाने छ । पार्टी वा पार्टीका सहपति वा अध्यक्षहरुले अहिले राम्रो मानिसलाई टिकट नदिइ आफ्नो र पैसा आउने मानिसलाई टिकट प्रदान गरिरहेका छन् ।

साथै अनि च्ुानाव जितेपछि चुनावमा गरेको खर्च यिनीहरुले कमिशन लिएर वा भ्रष्टाचार गरेर कमाउँछन् ।अहिले राजनिति सेवा नभइ व्यापार बनिरहेको पाइन्छ । जनताले अबपनि यस्तालाई आफ्नो भोट दिएर चुनाव जिताइ पदमा पुप्याउनु भनेको भ्रष्टाचार गर्न पठाउनु हो ।

कति सांसदहरुले २०४८ सालदेखि २०७४ सालसम्म चुनाव जिते र मन्त्री वा प्रधानमन्त्री बने तर जनताको लागि एउटा सिन्को भाँचेनन्् । अब फेरि आगामी चुनावका लागि पनि यहँी व्यक्तिहरु हामी जनतासमक्ष भोट माग्न आइरहेका छन् र अब हामीले किन यस्तालाई भोट दिने ।

काँग्रेस पार्टी पनि चुनावको समयमा एक भएको देखाउँछ तर चुनाव सिदिँएपछि भागवण्ड तिर लाग्छ । यता ओलीभने आफ्नो प्रधानमन्त्री पद जोगाउन पार्टी नै फुटाउने वा दुई पटक सांसद विघटन गर्ने गर्छन् ।एमाले पार्टीले फेरि पनि ओलीलाई नै पार्टीले चुनाव जितेको खण्डमा प्रधानमन्त्री बनाउने भनेर निर्णय गरेको छ तर ओलीसँग के चाहिँ क्षमता छ र प्रधानमन्त्री बन्नलाई ।

त्यस्तै यता माओवादी पनि काँग्रेसलाई झप्याल बनाएर प्रधानमन्त्री पद खाने दाउमा छ भने उता देउवा पनि माओवादीलाई झप्याल बनाएर प्रधानमन्त्री खाने दाउमा बसिरहेका छन् ।बाबुराम भट्राई, उपेन्द्र यादव , बामदेव गौतमसँग न सिद्धान्त नै छ न विचार नै । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले २०७४ सालमा चुनाव त जिते तर सांसदको ५ सालको कार्यकालमा १० पटकपनि सदनको बैठकमा गएनन् ।

जनताले तिरेको करबाट तलबभत्ता खाए र सरकारी गाडी चढे तर जनताको हितमा काम गर्ने समयमा एनजीओको झोला बोके । पार्टीका नेताहरु जनताको भोटबाट त चुनाव जितेर आउने तर ओली, देउवा, यादव र प्रचण्ड सदनको बैठकमा भने कहिल्यै नजाने ।

जनताको मतबाट चुनिएर आएपछि सदनमा पनि नजाने र गएपछि जनताको आवाज नउठाउने तर यता कोठे राजनिति गरेर सरकार गिराउनतिर लाग्ने । जनताको भोटबाट आएका सांसदहरुले कहिले मन्त्री नपाउने र नेताको नजिक रहेकाले चुनाव नै नलडेपनि मन्त्री पाउने ।

के यँही हो लोकतन्त्र । देउवाको नजिक भएर सांसद नै नभएका गोविन्द्र प्रसाद शर्माले कानून मन्त्री खाए भने युवराज खतिवडाले ओलीको नजिक भएर अर्थमन्त्री पद खाए । यसबाट त मन्त्री हुन नेताको साथ मात्र चाहिँदो रहेछ र जनताको मत चाहिदैँ भनेर बुझिन्छ ।

नेताहरुले आफ्नो नजिकको मानिसलाई मन्त्री बनाउने तर जनताबाट चुनिएर आएको सांसदलाई मन्त्री नदिने । यस्तो दिनको अन्त्य नभएसम्म देशमा परिवर्तन आउन सकिदैँन ।यता चुनाव हारेको मानिसलाई मन्त्री बनाइन्छ भने चुनाव जितेकालाई वडाध्यक्ष । २०७० सालमा भक्तपुरबाट महेश बस्नेतले चुनाव हारेका थिए तर ओलीले उनलाई उघोग मन्त्री बनाइदिए ।

जनताले भोट नदिएर हराएको मानिसलाई ओलीले मन्त्री बनाउँदा शक्तिले गर्दा जे पनि हुन्छ भन्ने उदाहरण जनताले देख्न पाए । बस्नेत उघोग मन्त्री भएपछि अघिल्लो मन्त्रीले गरेको उपत्यकाभित्र इँटाभट्टा हटाउने निर्णय उनले उल्टाइदिए र मदिराको पनि लाइसेन्स खुलाइदिए ।

यसरी जनता र राष्ट्रको हितमा नरहेको निर्णय गर्दा बस्नेतले करोडौँको आर्थिक चलखेल गरेको भनेर जनता नै बताउँछन् ।अब यस्ता नेताहरुलाई फेरि पनि हामी जनताले भोट दिने कि नदिने भनेर सोच्ने समय आइसकेको छ । नेताहरुको पृष्ठभूमि हेर्ने हो भने यिनीहरु सबै गुण्डा, दलाल, ठेक्कदार नै रहेका छन् ।

के यस्ता व्यक्तिहरुलाई पनि हामीले जिम्मेवारी पद दिन सुहाउँछ त । यदि यिनीहरु पदमा पुगेमा यिनीहरु जस्तो छन् त्यस्तै देश बनाउँछन् । त्यसकारण अब जनताले आगामी चुनावमा राम्रो मानिसलाई भोट दिनुपर्छ । एक पटक चुनाव जितेर पदमा पुगेपछि जनताको हितमा केही काम नगरेका मानिसलाई अब हामीले भोट दिनुहुदैँन ।


Last Updated on: September 16th, 2022 at 8:57 pm

तपाईको प्रतिक्रिया