Monday, August 15

छत सफा गर्ने क्रममा भाई छतबाट खसे, भुईमा रहेका दाजुले एक्कासी दौडेर गएर काँध थापे र बचाए तर आँफै घाइते बने

August 5, 2022

काठमाडौँ :

फिल्म र कथाहरुमा मात्रै देखिएका सुपरम्यान कहिलेकाहीँ रियल लाइफमा पनि देखिने गरेका छन् ।

हालै सामाजिक संजालमा भाइरल एक भिडियोमा छतबाट खसेका भाइलाई दाजुले काँध थापेर बचाएका छन् ।

भारतको केरलाको मल्मपुरम जिल्लामा दाजुले जवान भाइलाई फिल्मी शैलीमा बचाएको दृश्य अहिले सर्वत्र छाएको छ ।

भिडियोमा छत सफा गर्ने क्रममा छतबाट खसेका भाईलाई दाुजुले काँध थापेर बचाउँछन् भने भाइृ खसे लगत्तै दुवै दाजु भाइृ नै भुईमा बजारिन पुग्छन् ।

भुईमा बजारिएका दाजुले टाउको समात्दै भुईमा थचक्क बस्न पुग्छन् भने भाइृलाई खासै चोट लाग्दैन ।

भाईलाई काँध थापेर बचाएका यी बलवान् दाजुको टाउको हात र खुट्टामा चोट लागेको भिडियोमा देखिन्छ ।

भाई छतबाट खस्नु अघि दुवै जनाले सरसफाइकाृ काम गरिरहेका थिए ।भिडियोमा भाइृ खस्नु अघि दाजुको हातबाट पाइप फालेको दृश्य देख्न सकिन्छ ।

माई वल्र्ड नामक युट्युब च्यानलबाट पोस्ट गरिएको उक्त भिडियो हेर्नुहोस् । भिडियो

Comment