मंगलबार १८ आश्विन २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण नगरी फिर्ता पठाएको विवादास्पद नागरिकता विद्ययेकलाई सत्तागठबन्धनले कुनै संशोधन नगरी जस्ताको तस्तै पारित गरे पछि गठबन्धन विरुद्ध जनआक्रोस चुलिएको छ ।

गठबन्धनको बलमा राष्ट्र प्रमुखकै अपमान भएको भन्दै चर्को आवाज पनि उठिरहेको छ । नेपाली काग्रेसका सभापती समेत रहेका प्रधानममन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण मुलकनै बर्वादीमा जान लागेको भन्दै नागरिक स्तरबाट चिन्ता प्रकट भइरहेको छ ।

संवैधानिक रुपमा एकचोटि फिर्ता भएर पुन पारित भएर आएको विद्ययेक राष्ट्रपतिले प्रमाणिकण गर्नै पर्ने व्यवस्था देखिन्छ तर पनि विषयवस्तुको गम्भिरता र संवेदनशिलताका कारण फेरी पनि राष्ट्रपतीले यो विद्ययेक प्रमाणिकरण गर्न नहुने आवाज नागरिक स्तरबाट व्यापक रुपमा उठिरहेको छ ।

चर्चित राजनितीक विश्लेषक डा सुरेन्द्र केसीले राष्ट्रपती विद्यादेवी भण्डारीले कुनै पनि हालतमा यो विद्ययेक प्रमाणिकण गर्न नहुने बताएका छन् । संवैधानिक रुपमा जे भए पनि नैतिक र राजनितिक दृष्टिकोणले यो विद्ययेक गलत रहेको भन्दै केसीले कुनै पनि हालतमा विद्ययेक प्रमाणिकरण नगर्न अनुरोध गरेका छन् ।

देउवा प्रचण्डको गठबन्धनले राष्ट्रपतीको अपमान गरेको भन्दै केसीले आक्रोस पनि व्यक्त गरेका छन् । एक पटक मात्रै होइन पटक पटक राष्ट्र प्रमुखको अपमान भएको भन्दै उनले कडा कटाक्ष जनाएका छन् । सवाल विद्या भण्डारीको होइन राष्ट्र प्रमुखको अपमान भएको छ यो सह्य बिषय नभएको केसीले भनेका छन्।

दोस्रो पटक पारित भएर आयो भन्दैमा प्रमाणिकरण गुर्न पर्छ भन्ने कुनै जरुरी नभएको पनि केसीले भनेका छन् । डा केसीले अहिलेको संसदको वैधानिकतामै पनि प्रश्न उठाएका छन् । निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा संसदनै जिवित हुन नसक्ने भन्दै उनले यस्तो संसदले विद्ययेक पारितनै गर्न नसक्ने पनि बताए ।

राष्ट्रपतीले विद्ययेक होल्ड गरेर राख्न सक्ने या संसदको वैधानिकतामै प्रश्न उठाउन सक्ने पनि केसीले भनेका छन् । कुनै पनि हालतमा यो विद्ययेक प्रमाणिकरण नगर्न राष्ट्रपतिलाई अनुरोध गर्र्दै उनले बरु पद त्यागका लागी तयार हुन सुझाव दिएका छन् ।

राष्ट्रपती पद देउवा प्रचण्डको खेलौना नभएको भन्दै डा केसीले तिमिहरुको खेलौना जस्तो बनेर मुर्ती भएर बस्नु भन्दा राजिनामा दिएर बाहिर आउन उनले राष्ट्रपती भण्डारीलाई सुझाव दिएका छन् । म भए राजिनामा दिएर आउने थिए अब राष्ट्रपतिले के निर्णय गर्नुहुन्छ केसीले भनेका छन् ।

डा केसीले राष्ट्रपती भण्डारीलाई यो विद्ययेक प्रमाणिकरण गर्नु भन्दा राजिनामा दिएर सडकमा आउँन पनि सुझव पनि दिएका छन् । बरु यहि एजेण्डा लिएर आउँदो प्रतिनिधीसभाको निर्वाचनमा प्रतिष्पर्धा गर्न पनि उनले सुुझाव दिएका छन् ।

राष्ट्रपती भण्डारी मैदानमा आउने हो भने नेपाली जनताले उनलाई दरिलो साथ दिने भन्दै डा केसीले इतिहास रच्ने मौका पनि भण्डारीलाई आएको बताए । इतिहासमा कसैन कसैले कठोर निर्णय लिनै पर्ने भन्दै उनले यो बेला उपयुक्त निर्णय लिन पनि भण्डारीलाई सुझाएका छन् ।


Last Updated on: August 20th, 2022 at 3:40 pm

तपाईको प्रतिक्रिया