Ultimate magazine theme for WordPress.

एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाण देखाउनुस् म राजीनामा दिन्छु : मन्त्री विना मगर

604

काठमाडौं, विभिन्न प्राविधिक कठिनाइका कारण मेलम्ची आयोजनाको निर्माण अवधि थप लम्बिँदै जाने समाचार सार्वजनिक भइरहेको बेला खानेपानी मन्त्री विना मगरले मेलम्ची समयमै आउने दाबी गरेकी छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले भनेकी छन्- ‘मेलम्ची समयमै आउँछ, काठमाडौवासी जनताहरु ढुक्क हुनुहोस् ।’यस्तै, मन्त्री मगरले अर्को एक ट्वीटमार्फत खानेपानी मन्त्रालयमा एक रुपैयाँ मात्र भ्रष्टाचार भएको कसैले प्रमाणित गरेमा आफू राजीनामा दिन तयार रहेको जनाएकी छन् ।

अत्याधिक भ्रष्टाचार भएका मन्त्रालयमध्ये खानेपानी मन्त्रालय पनि रहेको चर्चा चलिरहेको परिवेशमा मन्त्री मगरको यस्तो चुनौती सार्वजनिक भएको हो । ट्वीट गर्दै उनले भनेकी छन्, ‘आज म प्रतिज्ञा गर्छु, खानेपानी मन्त्रालयमा एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाण देखाउनुस् म राजीनामा दिन्छु । देश समृद्ध बनाएरै छोड्छौँ ।’