बुधबार १९ आश्विन २०७९

पछिल्लो समय चितवनमा नेकपा माओबादि केन्द्र छाडेर एमालेतिर आउने युवामा उल्लेखनिय बृद्दि आएको छ । आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा धक्का लाग्नेगरि कार्यकर्ताले पार्टि छाड्नु माओबादि केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका लागि भने टाउको दुखाइको बिषय बन्न सक्छ ।

यसैक्रममा माओवादी केन्द्र भरतपुर महानगरपालिकाका सचिवालय सदस्य खगराज पाठकले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।भरतपुर महानगरपालिका वडा नं. ६ का वडा इन्चार्जसमेत रहेका पाठक सो क्षेत्रका चर्चित युवा नेता मानिन्छ । जिल्लामा पोल्ट्री ब्यावसायीको सफल छवि बनाएका पाठक माओवादी निकट अखिल नेपाला किसान महासंघका केन्द्रीय सदस्यसमेत हुन् ।

पाठकले माओवादी पार्टी भित्र चरम परिवारवाद, नातावाद मौलाएकोले पार्टी परित्याग गरेको बताए ।उनले माओवादी राजनीतिक, बैचारिक र सांगठनिक दृष्टिकोणबाट पार्टी नरहेको बताए । पाठकले अहिले पार्टी परित्याग गरेर स्वतन्त्र नै बस्ने र राजनीतिक प्राणी भएकोले उपर्युक्त समयमा विचार गर्ने बताए ।

पाठक एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेका आफन्तसमेत पर्दछन् । पाठकलाई एमालेमा ल्याउन पहल भैरहेको एमाले स्रोतले जनाएको छ ।हिजो मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रका प्रभावशाली नेता यमबहादुर परियारसहितको टिमले माओवादी पार्टी परित्याग गरेको थियो ।

माओवादी केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज परियारले लामो योगदान गरेको पार्टी छाडेपछि माओवादी चितवनमा हलचल पैदा भएको छ ।


Last Updated on: September 16th, 2022 at 10:49 pm

तपाईको प्रतिक्रिया