Ultimate magazine theme for WordPress.

मनोज गजुरेलसंग विवाह गर्ने हल्लाले वर्षा आ’क्रोशित

1,297

काठमाडौ । नायिका वर्षा सिवाकोटीको विवाह बारेमा धेरै ग’सिपहरु बनिरहेका हुन्छन भने उनको प्रेम सम्बन्ध बारेमा पनि चियो चर्चो चलिरहेको हुन्छ । तर अहिले आएर वर्षा सिवाकोटीको नाम हाँस्य कलाकार मनोज गजुरेलसंग जोडिएपछि एकाएक वर्षा आ’क्रोशित बनेकी छिन् ।वर्षा सिवाकोटी र मनोज गजुरेल विवाह गर्दै भन्ने जस्तो समाचारहरु सामाजिक संजालमा फै’लिएपछी वर्षा सिवाकोटीले आज फेसबुक स्ट्याटस लेखेर आफ्नो आ’क्रोश पोखेकी छिन् । मनोज गजुरेलसंग विवाह गर्ने हल्लामा कुनै सत्यता नरहेको र आफू दुईको बाटो नै फरक छ कसरी यस्तो हा’वादारी समाचार भाईरल बनाएको भन्दै आ’क्रोश पोखेकी छिन् ।

पत्रकार भन्दैमा पैसा कमाउन जे पनि लेख्ने भन्दै प्रश्न पनि उठाएकी छिन् ।मनोज गजुरेल प्रति आफ्नो सधै सम्मान रहेको तर वहाँ र आफ्नो नाम जोडिने कुनै आधार नै बिना लेखिएको समाचार प्रति वर्षाको आ’क्रोश हो । कलाकार भन्दैमा जे पनि लेख्न र भन्न पाइन्छ भन्ने ‘मानसिक वि’क्षिप्तता’ बेलैमा हटाएको राम्रो भन्दै सुझाव समेत दिएकी छिन् ।वर्षा सिवाकोटीको यस्तो छ स्ट्याटस: “वर्षा सिवाकोटी र मनोज गजुरेलको बिहे हुँदै” भनेर विभिन्न अनलाइनमा आएको समाचारहरु देख्दा द’या लागेर आयो । भिजिटर बढाउने नाममा यथार्थ भन्दा निकै बाहिर पुगेर गरिएको प्रचारले नेपालको पत्रकारिता क्षेत्रनै ब’दनाम बनाएको छ ।

पत्रकारितामा ग’लत न्या’रेटिभ सेट गर्ने हिसाबले फैलाइएका यस्ता ह’ल्लाहरुले सहि अर्थमा पत्रकारिता गर्नेमाथि पनि प्रश्न उठेको छ ।आदरणिय सर, मनोज गजुरेलको र मेरो बाटो अलग अलग छ । मेरो उहाँप्रति सम्मान सधै उचो नै रहेको छ । हामीलाई जोडेर कु’प्रचार गर्दा कसको पो फाइदा होला र ?कलाकार भन्दैमा जे पनि लेख्न र भन्न पाइन्छ भन्ने ‘मा’नसिक वि’क्षिप्तता’ बेलैमा ह’टाएको राम्रो ।