
धनगढी – अछाममा लगातारको वर्षापछि गएको पहिरोमा पुरिएर १४ जनाको ज्यान गएको छ भने थप ६ जना बेपत्ता रहेका छन् ।जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख एवम् डिएसपी नारायण डाँगीका अनुसार कमलबजार नगरपालिका -६ वीरपथमा गएकाे पहिरोमा पुरिएर ४ जनाको ज्यान गएको हो ।
स्थानीय बासिन्दाका ४ घर पुरिँदा उनीहरूको ज्यान गएको र पहिरोमा पुरिएर ज्यान गुमाउने मध्येका चार जनाको श’व निकालिएको डिएसपी डाँगीले जानकारी दिए । उक्त पहिरोमा पुरिएर थप तीन जना बेपत्ता छन् भने ७ जनालाई जीवितै उद्धार गरिएको छ ।
पहिराेमा पुरिएका मध्ये कमलवजार नगरपालिका-६ स्थित ठाँटीखाँदका इन्द्र कामीको परिवारका ८ जनाको श’व फेला परेको छ ।उता तुर्माखाँद गाउँपालिका – ५ नाडास्थित काँडाचौरमासमेत पहिरोमा परी ज्यान गुमाउने मध्येका ४ जनाको श’व निकालिएको छ भने थप ५ जना पहिरोमै पुरिएका छन् ।
नेपाली कांग्रेस तुर्माखाँद गाउँ कार्यसमिति सचिव प्रताप शाहीले घटनास्थलबाट दिएको जानकारी अनुसार शनिबार बिहान करिब पौन ४ बजे स्थानीय नेत्रबहादुर शाही र रिटबहादुर शाहीका घर पुरिँदा उनीहरूको ज्यान गएको हो ।स्थानीय बासिन्दाले ४२ वर्षीय नेत्रबहादुर शाही, उनकी ३५ वर्षीया श्रीमती मनिषा शाही, १६ वर्षीया छोरी बिमला शाही र १६ वर्षीया भतिजी जानकी शाहीको श’व पहिरोबाट निकालेका छन् ।
बिमला र जानकी स्थानीय कालिकाश्वरी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् । मीनबहादुर शाहीकी छोरी जानकी बिमलासँग सुत्न आएका बखत पहिरोमा परेकी हुन् ।उक्त पहिरोमा परेर रितबहादुर शाहीका दुई नातिनी, २ बुहारी र १ छोरा समेत पुरिएका छन् ।
आफू भने उनी दुई छोरा र श्रीमती सहित कामका लागि भारत पसेका छन् ।पहिरोमा पुरिएका मध्ये रितबहादुरकी नातिनीद्वय १ वर्षीया मेलिना शाही, ३ वर्षीया करिष्मा, बुहारीद्वय २० वर्षीया कमला शाही, २३ वर्षीया भावना शाही र १२ वर्षीय छोरा सुन्दर शाही रहेका छन् ।
उनीको उद्दारका लागि स्थानीयबासिन्दा सक्रिय भएपनि निरन्तरको वर्षाका कारण उद्दारमा कठिनाइ भइरहेको काँग्रेस सचिव प्रताप शाहीले जानकारी दिएका छन् ।अछामकै ढकारीमासमेत पहिरोमा पुरिएर एक जनाको ज्यान गएको स्थानियले बताएका छन् ।अन्य थप विवरण आउने क्रम जारी रहेकाे प्रहरीले जनाएकाे छ ।