काठमाडौं ।
मान्छेहरुमा फरकफरक रहर हुने गर्दछ । सबैलाई सबैको कुरा मनपर्छ भन्ने हुँदैन ।
तर यस्ता केही कुराहरु हुन्छन् जहाँ केही साझा कुराहरु हुने गर्दछन् । आज हामी केटाहरुमा केटीले केटाहरुमा हेर्ने केही साझा विषयका बारेमा चर्चा गर्न गइरहेका छौं ।
तपाईं पुरुष हुनुहुन्छ भने फेशनसम्बन्धी यी गल्तीहरु बिर्सेर पनि नर्गनु ।यस्तो फेसन गरेको पुरुषहरुलाई केटीहरूले मन पराउँदैनन् ।
क्यापलाई उल्टो लगाउने, यस्तो उल्टो क्याप लगाउने केटाहरुलाई केटीहरुले गुण्डा जस्तो फटाहा देखिएको महसस गर्छन् ।
पातलो दुब्लो केटाहरूले खुकुलो लुगा लगाको केटालाई पनि केटीले मन पराउँदैनन् । खासमा दुब्लेहरूले मोटो देखियोस् भनेर खुकुलो ह्वाङ्ले लुगा लगाएका हुन्छन् ।
एकदमै बाक्लो झ्याप्ले दाह्री जुँगा पाल्ने केटालाई पनि केटीहरू रुचाउँदैनन् ।केटाहरुले छोटो शर्ट पेट देखिने गरि लगाएको पनि मन पराउँदैनन् ।
आफ्नो बेल्टमा मोबाइल होल्डर राख्ने केटाहरुलाई पनि राम्रो मान्दैनन् ।होलो जीन्स लगाउने , बेल्ट नलगाउने केटाहरुलाई पनि केटीको नजरमा झुर ठहरिन्छन् ।
एकदमै लामा र छोटो टाई लगाउने केटालाइ पनि रुचाउदैनन् ।घरमा वा जिममा लगाउने जुत्ता लगाएर अफिस जाने केटा पनि झुर मान्छन् केटीहरूले ।
Comment