Wednesday, August 10

अमेरिकाको ह्वाइट हाउस नजिक चट्याङ लागेर दम्पत्तीको मृत्यु

August 5, 2022

अमेरिका

गत बिहिबार ह्वाइट हाउस नजिकको एक पार्क(उद्यान)मा चट्याङ लागेका एक दम्पत्तीको मृत्यु भएको छ ।

बिहीबार राति ह्वाइट हाउसको सडकमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

७६ बर्षिय जेम्स मुलर र ७५ वर्षीया डोना मुलरको बिहीबार राति व्हाइट हाउस नजिकैको लाफायट उद्यानमा चट्याङ लागेर मृत्यु भएको डीसी महानगर प्रहरीका प्रवक्ताले पुष्टि गरे।

जोडी विस्कॉन्सिनबाट भ्रमण गर्दै गर्दा चट्याग लागेको हो ।

त्यस्तै अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १८ हजार ३ सय ८० जना संक्रमित भएका छन् । यसै गरि बिगत २४ घन्टामा ४९१ जनाको मृत्यु भएको न्यूयोर्क टाइम्सले जनाएको छ ।

उक्त तथ्याँक अगस्त ५ का दिन बिहान न्यूयोर्क टाइम्सले अध्यावधिक गरेको हो ।संक्रमण दरमा ८ % घटेको छ भने अहिले सम्म कूल ९ करोड १७ लाख ८६ हजार संक्रमित भएका छन् ।

हाल अस्पतालमा ४३ हजार ७ सय ६ जना भर्ना भएका छन् । अस्पताल भर्ना दर ३ % वृद्धि भएको छ । त्यसै गरि सघन कक्ष(आइसियु)मा ५ हजार १४ जना भर्ना भएका छन् भने ६ % भर्ना दर बढेको छ ।

अमेरिकामा हाल सम्म कूल १० लाख २९ हजार १ सय जना मानिसको कोभिड-१९ बाट मृत्यु भै सकेको छ । अमेरिकामा हाल सम्म २२ करोड ३० लाख ३५ हजारले ५ सय ६६ ले पूर्ण खोप लिई सकेका छन ।

न्यूयोर्क टाइम्सका अनुसार अमेरिकाको केन्टकी ,मिसिगन,पेन्सेल्भेनिया जर्जिया लगायत राज्यहरुमा संक्रमण वृद्धि भएको तथ्यांक देखाएको छ ।

Comment