Ultimate magazine theme for WordPress.

दुलाहसहित ७ जना विवाह मण्डपबाटै पक्राउ

602

२०७७ मंसिर ३० काठमाडौं, रौतहटमा बालविवाह गरेको अ’भियोगमा दुलाहसहित ७ जना पक्राउ परेका छन्। रौतहट प्रहरीले विवाह म’ण्डपबाटै उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा दु’लाह मुकेश गिरी, दुलाहका बुबा रामसागर गिरी, काका राम श्रेष्ठ गिरी, पुजारी कपिलदेव चौवे, गिता गिरी र लक्ष्मी गिरी रहेका छन् । सोमबार साँझ गरुडा नगरपालिका ५ स्थित शिवनगर म’न्दिरमा १५ वर्षीया किशोरीसँग २४ वर्षीय युवकको विवाह भइरहेको सू’चनापछि प्रहरी वि’वाहस्थलमा पु’गेको थियो।

ईशनाथ नगरपालिका ३ औरैया टोलका रामसागर गिरीका छोरा फरक क्षमता भएको (कान सु’न्न नसक्ने) २४ वर्षीय मुकेश गिरीको रौतहट माधवनारायण नगरपालिका ६ की १५ वर्षीय किशोरीसँग विवाह भइरहेको थियो। केटा प’क्षले धन सम्पतीको प्र’लोभन दे’खाई बाल बिवाह ग’राइ रहेको सूचना प्राप्त भएपछि प्रहरी त्यहाँ पुगेको थियो। प्रहरीले बिवाह रोकी बाल बिवाह गराउने कार्यमा सं’लग्न व्यक्तिहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिहरुलाई रौतहट जिल्ला अदालतबाट बाल विवाह सम्बन्धी क’सूरमा ३ दिनको म्या’द लिएर अनुसन्धान सुरु गरेको छ।