मंगलबार १८ आश्विन २०७९

जापान । जापानको फुकुओका शहरमा रहेको एक शिक्षण संस्था रद्द हुँदा करिब पाँच सय नेपाली विद्यार्थी प्रभावित भएका छन् । फुकुओका सहरमा रहेको निसिनिहोन इन्टरनेसनल एजुकेसन एकेडेमी नामक जापानी भाषा विद्यालय अहिले बन्द हुने अवस्थामा छ ।

सो शैक्षिक संस्थालाई फुकुओका अध्यागमन सेवा एजेन्सीले रद्द गरिदिएको थियो । विद्यालय रद्द भएपछि त्यहाँ अध्ययनरत झण्डै पाँच सयको हाराहारीमा रहेका नेपाली विद्यार्थीहरुमा चिन्ता एवं अन्योल सिर्जना भएको छ ।

सो स्कुलले गत वर्ष एक विद्यार्थीलाई बाँधेर राखेको समाचार सरकारी सञ्चारमाध्यम एनएचकेले प्रकाशित गरेको थियो ।एनएचकेका अनुसार गत वर्ष अक्टोबरमा सो विद्यालयमा कर्मचारीको रुपमा काम गर्ने एक व्यक्तिले २० वर्षका भियतनामीलाई आफ्नो पेटी र धातुको साङ्लोले बाँधेर केही घन्टासम्म थुनेर राखेका थिए।

अहिले विद्यालयले तत्कालै के गर्ने भनेर निर्णय गरिसकेको छैन । विद्यार्थीहरू विद्यालयमै गएर पढिरहेका छन् । सो शिक्षण संस्थानका प्रिन्सिपलले यस घट्नाबाट आम जनमासमा पर्न गएको असरप्रति क्षमायाचन गरेका एनआरएनए क्युसुले जनाएको छ ।

कलेजमा ट्रान्सफर गर्न छिट्टै नै सहज बनाउने र सोही कलेजमा पढ्न चाहने तथा विविध कारणले कलेज ट्रान्सफर गर्न नसक्नेहरुलाई निरन्तर पढाउन एनआरएनले आग्रह गरेको छ ।साथै, कलेजबाट ठोस निर्णय नआउन्जेलसम्म धैर्य धारण गरी विद्यार्थीहरुलाई निरन्तर आफ्नो पढाइ अगाडि बढाउन अपिल समेत गरिएको छ।


Last Updated on: September 17th, 2022 at 12:00 pm

तपाईको प्रतिक्रिया