Ultimate magazine theme for WordPress.

हालै विवाह गरेकी चर्चित गायिका नेहा कक्कडलाई मिल्यो यति ठुलो सफलता

1,030

काठमाडौं । हालै विवाह गरेकी चर्चित भारतीय गायिका नेहा कक्कडलाई ठुलो सफलता मिलेको छ । उनलाई फोर्ब्सको प्रभावशाली सेलिब्रेटी सूचीको शीर्ष स्थानमा राखिएको छ ।सामाजिक सञ्जालमा सबैभन्दा प्रभावशाली सेलिब्रेटीको सूचीको पहिलो स्थानमा उनी परेकी हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनले यो खबर सामाजिक सन्जालमार्फत् नै सार्वजनिक गरेकी छिन् ।जानकारी अनुसार फोर्ब्सको यो सूचीमा भारतका १२ जना परेका छन् । सूचीमा परेका अमिताभ बच्चनजस्ता चर्चित हस्तीलाई पछि पार्दै नेहा पहिलो स्थानमा आउन सफल भएकी हुन् ।

यस बारेमा प्रतिकृया जनाउँदै उनले भनेकी छिन्, ‘स्वयंप्रति निकै गर्वान्वित छु ।तपाईंहरुलाई थाहा छ, यो सूचीमा अमिताभ बच्चन सर र शाहरुख सर गरी मात्रै १२ भारतीय परेका छन्, जसको हिस्सा म पनि भएको छु । धन्यवाद भगवान् ! तपाईंहरु सबैलाई पनि धन्यवाद ।’ इन्डियन आइडलकी निर्णायकसमेत रहेकी नेहाको हालै मात्रै गायक रोहनप्रित सिंहसँग विवाह गरेकी थिइन् ।