
काठमाडौं । नेकपा एमालेका केहि नेताहरुलाई यो निर्वाचनमा टिकट पाउन निकै कठिनाई देखिने भएको छ। यो निर्वाचनमा एमालेका केहि नेताहरुलाई टिकट पाउन सकस देखिन्छ। विशेषगरि नेकपा एमालेका घनश्याम भुसालदेखि भीम रावललगायत नेताहरुलाई टिकट पाउन सकस देखिएको छ।
भुसाललाई यो निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बदला लिने तयारीमा छन्। भुसालको नाम सिफारिस गर्ने क्रममा नै क्षेत्रीय कमिटीमा विवाद उत्पन्न भएको थियो । विवादपछि उनले टिकट पाउन–नपाउनेबारे जिल्लामा तीव्र बहस हुन थालेको छ ।
कतिपयले भुसालको नाम सर्वसम्मत हुन नसक्नुमा पार्टी केन्द्रको नै चलखेलका रुपमा बुझेका छन् ।भुसाल ओलीका खरो आलोचक मानिन्छन् । त्यसैले गर्दा पनि रुपन्देही-१ र ३ बाट सिफारिस भएका भुसाललाई पछि १ बाट नाम काटेर ३ मामात्र सीमित राखिएको उनी पक्षीय नेता-कार्यकर्ताहरुको बुझाइ छ ।
क्षेत्र नम्बर ३ बाट भुसालको नाम सिफारिस हुँदा पनि उनीसँग अरु ४ जनाको नाम समेत राखिएको छ ।अर्कोतिर एमालेले राप्रपासँग तालमेल गर्ने बहानामा भुसाललाई उम्मेदवार नबनाएर पाखा लगाउन त खोजेको होइन रु भनेर उनी निकटका नेता कार्यकर्ताहरूमा सशंकित बनेका छन् ।
रुपन्देही-२ बाट पार्टी उपाध्यक्ष समेत रहेका विष्णु पौडेल र क्षेत्र नम्बर ५ बाट पोलिटब्युरो सदस्य खिमलाल भट्टराई सर्वसम्मत सिफारिस भएका छन् । तर, भुसाल उनीहरुकै हाराहारीका नेता भएपनि सर्वसम्मत हुन सकेनन् ।‘पौडेल र भट्टराई सर्वसम्मत सिफारिस हुँदा भुसालसँग अरु नाम सिफारिस हुनु नै शंकास्पद छ ।
यही विवाद देखाएर राप्रपासँग गठबन्धनको बहनामा भुसाललाई प्रत्यक्ष निर्वाचनका लागि टिकट नदिने रणनीति हुनसक्छ’, भुसाल निकट एक जिल्लास्तरीय नेताको भनाइ छ । तर एमाले रुपन्देहीका उपसचिव हितराज पन्थी भुसाल निकटको आशंका सही नभएको तर्क गर्छन् ।