अष्ट्रेलिया ।
अष्ट्रेलियामा विद्यार्थीहरूले हैरानी खेलाएपछी सरकारले कठोर कदम उठाएको छ । अष्ट्रेलियन् सरकारले विद्यार्थीहरूले गर्नुपर्ने असाइन्मेन्टमा कडाइ गरिएको हो ।
युनिभर्सिटीले दिएको असाइन्मेन्ट चोरेर बुझाउने क्रम बढ्दै गएको पाइएपछि युनिभर्सिटि तथा सरकारले नै कडाइ सुरू गरेको हो।
वेस्टर्न सिड्नी युनिभर्सिटीमा अध्ययन सकेका २ जना नेपाली विद्यार्थीहरूमाथि पनि असाइन्मेन्ट चोरी गरेको भन्दै युनिभर्सिटीको मनिटरिङ गर्ने निकाय टेर्सरी एजुकेशन क्वालिटी एण्ड स्टान्डर्डस् एजेन्सी ९टेक्सा०ले छानबिन सुरू गरेको छ।
असाइन्मेन्ट चोरी गरेर बुझाउने क्रम बढ्न थालेपछि नियामक निकायले चोरीमा सघाउ पुर्याउने ४० वटा वेभसाइट बन्द गरेको छ।
अष्ट्रेलियाका शिक्षामन्त्री जेसन क्लेयरले ती वेभसाइट बन्द गरेको विज्ञप्ती जारी गर्दै जानकारी दिएका छन्।
उक्त विज्ञप्तीमा अष्ट्रेलियामा अध्ययनरत विद्यार्थीहरूले असाइनमेन्ट चोर्न सघाउने वेभसाइटमा एकै महिनामा ४ लाख ५० पटक भिजिट गरेको पाइएको पनि बताइएको छ।
मन्त्री क्लेयरले त्यस्ता वेभसाइटहरूका कारण अष्ट्रेलियाको शैक्षिक गुणस्तरमा ह्रास पुगेको र विद्यार्थीहरू वौद्धिक चोरी जस्तो अपराधमा लाग्ने गरेको भन्दै बन्द गरेको जानकारी दिएका छन्।
Comment