Monday, August 15

वर्किङ भिषामा क्यानडा पठाउछु भन्दै ठगि गर्ने एक जना ठग पक्राउ

August 5, 2022

काठमाडौं

क्यानडा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ ।

क्यानडा पठाइदिन्छु भन्दै नगद ७ लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका(६ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका(१ घर भएका ४७ वर्षीया छिरिङ डोमा शेर्पालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

शेर्पाले रत्नबहादुर तामाङलाई वर्किङ भिसामा क्‍यानडा पठाइदिने भन्‍दे ७ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीको दाबी छ ।

शेर्पाले वर्किङ भिषामा क्यानडा जानका लागि १४ लाख रुपैयाँ लाग्ने र क्यानडा पुगेपछि प्रतिष्ठित कम्पनीमा काममा लगाइदिने र दुई लाख भन्दा बढी तलब हुन्छ भन्दै ठगेको पाइएको छ ।

ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं गोकर्णेश्वर अत्तरखेलबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाईएको छ ।

Comment