
नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट निलम्बनमा परेका सन्दीप लामिछाने आफैँले चाँडै नेपाल आउने बताएपनि उनी हप्तादिनसम्म पनि नेपाल फर्किएका छैनन् । यसले उनीमाथि शंका बढ्दै गएको छ ।नाबालिकामाथि ब’लात्कार गरेको आरोप लागेपछि उनको भविष्य नै डामाडोल हुने देखिएको छ ।
तत्काल काठमाडौं आउने कुनै सम्भावना नरहेको बुझिएको छ ।‘’हामीले पनि जताततै आज आउन लागेको हल्ला सुन्यौं । तर अहिलेसम्म कुनै संकेत प्राप्त भएको छैन,” स्रोतले भन्यो । केही दिनअघि लामिछानेले सामाजिक सञ्जालमा आफू छिट्टै नेपाल फर्केर प्रहरी अनुसन्धानमा सघाउने बताएपछि उनी एक दुुई दिनमै स्वदेश फर्कने अनुमान लगाइएको थियो ।
यता नेपाल प्रहरीले त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयमा लामिछानेलाई कालोसूचीमा राख्नुपर्ने व्यहोरो उल्लेख गरेर लिखित जानकारी गराइसकेको छ ।सन्दीप अहिले सिंगापुुरमा बसेर कानुुनी परामर्श गरिरहेको कुराले उनीमाथि नै शंकाको सुुई घुुमिरहेको छ ।
उनीमाथि अघिल्लो मङ्गलबार १७ वर्षीया किशोरीले ब”लात्कार आरोप लगाएर प्रहरीमा उजुरी दिएकी थिइन् ।लामिछानेमाथि भदौ ५ गते राति गौशाला, पिंगलास्थानको काठमाण्डौ इन होटलमा किशोरीलाई पटक पटक ब’लात्कार गरेको आरोप लागेको छ ।
ब”लात्कार आरोप लागेपछि उनले सामाजिक सञ्जालमार्फत आफू निर्दोष रहेको र कानुनी लडाईं लड्न तयार रहेको र खेल छाडेर छिट्टै नेपाल आउने पनि बताएका थिए । नेपाल क्रिकेट संघ क्यानले उनलाई निलम्बन गरेको छ ।लामिछाने मैत्रीपूर्ण टी-२० र एक दिवसीय शृङ्खलाका लागि नेपालको नेतृत्व गर्दै केन्या पुगेका थिए।
टी-२० शृङ्खलामा जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका उनी त्यसपछि क्यारिबीअन लीग खेल्नका लागि जमैका गएका थिए । तर, टिमले निकालेपछि उनी त्यहाँबाट सिंगापुुर गएको खुलेको हो ।लामिछाने सन् २०२१ को डिसेम्बरमा नेपालको कप्तानमा नियुक्त भएका थिए।
लामिछाने पहिलो पटक सन् २०१९ मा क्यारिबीअन प्रीमिअर लीग (सीपीएल) को खेलाडी बोलकबोल प्रक्रिया (अक्शन) मा महँगो मूल्यमा सकारिएका थिए।