बुधबार १९ आश्विन २०७९

काभ्रे । सामान्यतया एउटा नवजात शिशुको तौल ४-५ किलो हुने गर्दछ ।तर धुलिखेल अस्पतालमा ६ हजार ६ सय ६० ग्राम अर्थात करिब ७ किलोको शिशुको जन्म भएको हाे । सिन्धुपाल्चोकबाट निकै ढिलो अस्पताल ल्याईपुर्याएको कारण शिशुलाई बचाउन भने नसकिएको अस्पतालले जनाएको छ ।

धुलिखेल अस्पतालका डाक्टर सुमनराज ताम्राकारका अनुसार बिहीबार साँझ ६ः५० बजे सिन्धुपाल्चोक तातोपानीकी ३५ वर्षीया गर्भवती महिलालाई सुत्केरी हुन नसकेपछि अस्पताल ल्याइएको थियो । सामान्य रूपमा बच्चा जन्मने संकेत नदेखिएपछि डाक्टरहरूले शल्यक्रिया (सि’जेरियन) मार्फत बच्चा निकाल्ने तयारी गर्दा गर्दै बच्चाको टाउकोबाहिर निस्किएपछि शल्यक्रिया गर्न सकिएन ।

जन्मने क्रममा काँध अड्कियो र बच्चाको नि’धन भयो, ताम्राकारले भन्नुभयो ।बच्चाको अस्वाभाविक तौलकाे विषयमा पहिले नै जानकारी दिइएको भएपनि शल्यक्रिया गर्न सम्भव हुने ताम्राकारले बताउनुभयो । उताबाट रेफर गर्दा सबै कुरा नबुझाई पठाइएकाले पनि समस्या भएको उहाँको भनाइ छ ।

यो’नीद्वारबाट यति तौलको शिशु जन्मिनु नेपालको लागि मात्रै नभई विश्वकै निकै बिरल घटना भएको चिकित्सकहरूले बताएका छन् । ती महिलाको यो चौथो पटकको ग’र्भाधान हो ।यस अगाडि उहाँले सामान्य रूपमै ३ वटा बच्चालाई जन्म दिनुभएको थियो ।

शेर्पा थरकी ती महिलाको पहिला ३ वटा छोरी जन्मिए पनि अहिले जन्मेको बच्चा भने छोरा रहेकाे थियो । उनका १०, ९ र ३ वर्षका छोरी रहेका छन ।


Last Updated on: September 17th, 2022 at 10:13 pm

तपाईको प्रतिक्रिया