Ultimate magazine theme for WordPress.

विवाह गरेको तीन दिनमै श्रीमतीलाई दाईले लगे, जंगलमा भेटियो श’व

1,111

काठमाडौ । आफैँले रोजेको केटासँग प्रेम विवाह गर्दा खोटाङ साकेला गाउँपालिका–१ बाँ’झेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईले संसार छो’ड्नु परेको छ । पटकपटक आफूले रोजेको केटासँग विवाह गर्न आग्रह गर्दै आएका ठूलो बुबाका छोरा सञ्जीव राईले बहिनी सकुन्तलाको ज्यान लिएको खु’लासा भएको हो ।करिब सात वर्षदेखि प्रेम सम्बन्धमा रहेकी सकुुन्तलाले शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २६ वर्षीय दिनेश कटवालसँग प्रेम विवाह गरेकी थिइन् ।

विवाह गरेको तीन दिनपछि सोमबार दाजु सञ्जीवले बहिनी सकुन्तलाको घरैबाट जङ्गलमा लगेका थिए । सकुन्तलाको श’व फेला परेको हो । घटना हुनुभन्दा अघिल्लो राति दाजु सञ्जीवको फोनबाट पटकपटक ध म्की आइरहेको र बिहान आफैँ हाम्रो घरमा आएर सकुुन्तलालाई लगेको श्रीमानले श्रीमान् दिनेशले बताए । “हाम्रो घरायसी व्यवहार छ भन्दै दाजु सञ्जीवले सकुन्तलालाई साथैमा लगेर जानुभयो”, उनले भने, “घरबाट हिँडेको केही समयपछि नै सकुन्तलासँग फोन सम्पर्क नभएपछि खोजतलास गर्दा सेखुवा र निर्मणलीडाँडाको सिमानामा पर्ने साप्सुखोला नजिकैको जङ्गलमा श’व फेला पर्यो ।”

भिनाजुको घरबाट हिँडेको करीब एक घण्टामै दिदी मृ त फेला परेको सकुन्तलाका भाइ समीर राईले बताए ।विद्यालय तहको अध्ययन गर्दादेखि नै प्रेम सम्बन्धमा रहेका दिनेश वैदेशिक रोजगारीको सिलसिलामा तीन वर्ष मलेशिया बसेर हालै घर आएका थिए । भाइ समीरका अनुसार सकुन्तला प्रेमी दिनेश वैदेशिक रोजगारीको सिलसिलामा मलेशिया रहेको समयमा काठमाडौँमा सि’लाइरकटाइ पेशा गर्दै आएकी थिइन् ।केही समय अगाडि मात्रै माइतीघर सेखुवा आएकी सकुुन्तलाले आफूसँग पनि दाजु सञ्जीवले ‘मैले रोजेको केटासँग विवाह गर्नुपर्छ’ भन्दै द’बाब दिने गरेको जानकारी दिएको भाइ समिरले बताए ।

सकन्तलासँग तीन दिन अघिमात्र विवाह गरेका दिनेशले पनि उनका दाजुलाई क’डा का’रवाही गर्न माग गरेका छन् ।घ’टनामा सं’लग्न राईलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताए ।