
काठमाडौं, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले काठमाडौंलाई स्वच्छ सफा कायम गर्ने दायित्वमा महानगर पछि नहट्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत एक स्टाटस पोस्ट गर्दै आज २८७ फोहोर गाडी फोहोर बञ्चरे पुगेको जानकारी दिदै उनले काठमाडौंलाई स्वच्छ सफा कायम गर्ने दायित्वमा महानगर पछि नहट्ने बताएका हुन् ।
उनले ‘काठमाडौं देशको राजधानी भएकाले यहाँ हुने राम्रा, नराम्रा कुराहरुको देशभर प्रभाव रहने कुराप्रति आफु सचेत भएको पनि बताएका छन् ।
काठमाण्डौँ देशको राजधानी भएकाले यहाँ हुने राम्रा, नराम्रा कुराहरुको देशभर प्रभाव रहने कुराप्रति हामी सचेत छौँ उनले भनेका छन् ।
यसैले देशभरबाट यहाँको विकास र व्यवस्थापनमा जुन किसिमको प्रत्यक्ष चासो देखिएको छ, त्यो सकारात्मक र सह्रानीय मानेका छौँ ‘ उनले भनेका छन् ।
यस किसिमको चासो र खबरदारीको सँधै आवश्यक रहने र सर्वसाधारणको साथ, चासो, अपनत्व र खबरदारीहरु लागि आफूहरु आभारी रहेको शाहको भनाइ छ ।
यस्तो छ उनको स्टाटस – आज २८७ फोहोर गाडी फोहोर बञ्चरे पुगेका छन् । यसमा साथ, सहयोग दिने सबैलाई धन्यवाद छ ।
अब काठमाडौ लाई स्वच्छ सफा कायम गर्ने दायित्वमा महानगर पछि हट्ने छैन ।काठमाण्डौँ देशको राजधानी भएकाले यहाँ हुने राम्रा, नराम्रा कुराहरुको देशभर प्रभाव रहने कुराप्रति हामी सचेत छौँ ।
यसैले देशभरबाट यहाँको विकास र व्यवस्थापनमा जुन किसिमको प्रत्यक्ष चासो देखिएको छ, त्यो सकारात्मक र सह्रानीय मानेका छौँ ।
यस किसिमको चासो र खबरदारीको सँधै आवश्यक रहन्छ । तपाईहरुको साथ, चासो, अपनत्व र खबरदारीहरु लागि हामी आभारी छौँ ।