बुधबार १९ आश्विन २०७९

काठमाडौं । भनिन्छ, भाग्य बदल्न सम्भव हुँदैन । मान्छे जन्मजात नै आफ्नो कर्म लिएर आएको हुन्छ । हालै भारत, केरलाका एक अटो चालकसँग यस्तो घटना भएको छ ।उनलाई भारु २५ करोड (४० करोड नेपाली रकम) को चिठ्ठा परेको हो ।

‘भाग्य बदलिन बेर लाग्दैन’ यो कुरा तपाइले सुन्नु भएको होला तर केरलाका यी अटो रिक्शा चालकको भाग्य पनि यसरी नै परिवर्तन भयो ।अटो रिक्सा चालकको नाम अनुप हो, उनी अहिले शेफको काम गर्न मलेसिया जाने तयारी गरिरहेका छन् । वास्तवमा, केरला राज्य लोटरी विभागले आइतवार ओनम बम्पर २०२२ को नतिजा घोषणा गरेको थियो ।

त्यसमा एक अटो रिक्शा चालकको भाग्य चम्क्यो, उनले ४० करोडको ओनम बम्पर लटरी जितेका हुन् । तीन लाख ऋण लिएर शेफ बन्न मलेसिया जान लागेका अटो रिक्सा चालकलाई चिठ्ठा परेको हो । यसबीचमा उनलाई ४० करोडको चिठ्ठा पर्यो ।

पेशाले अटो रिक्सा चलाउने अनुप केरलाको श्रीवरहमका बासिन्दा हुन् । हालै उनको चम्किलो भाग्यले उनलाई एकै रातमा करोडपति बनायो । विगत २२ वर्षदेखि चिठ्ठा किन्ने गरेको अनुपका अनुसार अहिलेसम्म केही समयदेखि बढीमा ८ हजारसम्म मात्रै जितेका थिए ।

यो पनि – पाकिस्तानको कराचीमा एक महिलाले एकसाथ ६ वटा बच्चालाई जन्म दिएकी छन् ।कराचीको कालापुलका स्थानीय हिना जाहिदले एक साथ चार छोरा र दुई छोरी गरी ६ बच्चालाई जन्म दिएकी हुन् । हिनाले जन्म दिएकी ६ जनामध्ये एक छोरीको भने जन्मनेवित्तिकै मृत्यु भएको छ ।

हिनाले जिन्ना पोस्टग्रेजुएट मेडिकल सेन्टरमा ६ जना बच्चालाई जन्म दिएकी हुन् ।डाक्टरका अनुसार हिनाले ६ वटै बच्चालाई नर्मल डेलिभरीमार्फत् जन्म दिएकी हुन् । जन्मदा सबै बच्चाको स्वास्थ्य अवस्था नर्मल भएपनि एक छोरीको भने जन्मनेवित्तिकै मृत्यु भएको डाक्टरले जनाएको छ ।

जिन्ना पोष्टग्रेजुएट मेडिकलका निर्देशकले भनेका छन्, ‘जन्मिएका ६ वटा शिशुमध्ये एकको जन्मनेवित्तिकै मृत्यु भएको छ । उनी छोरी थिइन् । अब पाँच शिशुहरु छन्, जसमध्ये ४ छोरा र एक छोरी छन् ।’अहिले सास फेर्न केही असहज भएको कारण उक्त पाँचै जना शिशुहरुलाई नेशनल इन्स्टिट्युट अफ चाइल्ड हेल्थमा शिफ्ट गरिएको छ ।

एकसाथ ६ वटा शिशुलाई जन्मदिने हिनाको पहिले नै एउटा बच्चा रहेको छ ।यस अगाडि यसै वर्षको अगष्टमा पाकिस्तानको सिंधमा एक महिलाले ४ शिशुलाई जन्म दिएकी थिइन् । यसका साथै पाकिस्तानको एक प्राइभेट अस्पतालका प्रवक्ताका अनुसार अमरोत शरीफ नामकी एक महिलाले पनि एकसाथ ५ शिशुलाई जन्म दिएकी थिइन् ।


Last Updated on: September 20th, 2022 at 5:41 pm

तपाईको प्रतिक्रिया