Monday, August 15

अब माओवादी केन्द्र पहिलो कम्युनिष्ट शक्ति बन्छः पञ्च सिंह

August 6, 2022

काठमाडौँ

नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले मंसिरको निर्वाचनपछि माओवादी केन्द्र मुलुकको पहिलो शक्ति बन्ने दाबी गरेकी छिन्।

अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश समितिको शपथग्रहण तथा ३ महिने अभियान उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै शुक्रबार सिंहले यस्तो बताएकी हुन्।

माओवादी केन्द्रीय कमिटी सदस्य समेत रहेकी नेतृ सिंहले मंसिरको आम निर्वाचनपछि गठबन्धन बाहिरका शक्ति मुलुकभर टर्च बालेर खोज्नुपर्ने अवस्था आउन सक्ने बताएकी हुन्।

‘गठबन्धनको दोस्रो ठूलो शक्तिको रुपमा माओवादी नै मुलुकको पहिलो कम्युनिस्ट शक्ति हुन्छ,’ सिंहले दाबी गर्दै भनिन्।

तीन महिने अभियान सञ्चालन गरेको अखिल (क्रान्तिकारी)ले सुदुरपश्चिम, लुम्बिनि, कर्णाली, सहित एक नम्बर प्रदेशमा भेला सकिसकेको छ।

बागमति प्रदेश र मधेश प्रदेशको भेला र कार्यकम्रहरु साउन महिनाभित्र सम्पन्न हुने अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनले बताए।

Comment