बुधबार १९ आश्विन २०७९

एजेन्सी (रोचक) । भनिन्छ बिहे एक पटक मात्र हुन्छ । तर, कहिलेकाँही परिस्थितिले गर्दा एकाँधले दोस्रो वा तेस्रो विवाह पनि गर्ने गरेका छन् ।तर, साउदी अरबमा एक ब्यक्तिले २/३ पटक नभई ४३ वर्षमा ५३ पटक विवाह गरेका छन् । रिपोर्टमा यस्तो भनिरहँदा तपाईलाई विश्वास नलाग्ला तर, यो वास्तविक हो ।

साउदी अरबका अबु अब्दुल्लाह नामका ६३ वर्षीय पुरुषले वास्तविकतामा ५३ पटक विवाह गरेर छुट्टै कीर्तिमान बनाएका छन् । उनले शान्ति र स्थिरता खोज्नका लागि ५३ पटक विवाह गरेको बताएका छन् ।तर, ५३ पटक विवाह गरेर पनि अबु अब्दुल्लाहलाई शान्ति मिलेन् ।

उनले २० वर्षको उमेरमा पहिलो पटक विवाह गरेका थिए । उनले दोस्रो विवाहबारे सोचका पनि थिएनन् । तर, पहिलो वैवाहिक जीवन चलिरहँदा उनले २३ वर्षको उमेरमा दोस्रो विवाह गर्ने फैसला गरेका थिए ।उनको हरेक विवाहमा केही न केही समस्याहरु आउँदै गयो, जसको कारण उनलाई पटक–पटक विवाह गर्न उक्साइरह्यो ।

यसरी नै उनले ६३ वर्षको उमेरसम्म ५३ पटक विवाह गरिरहे ।उनले अधिकांश विवाह साउदीका महिलाहरुसँग गरेका थिए, भने केही विवाह विदेशी महिलाहरुसँग पनि गरेका थिए । जसको कारण उनी कानूनी समस्याहरुबाट बच्ने सक्दथे । तर, अब भने उनले विवाह गर्ने सोचेका छैनन् ।

यो पनि -आलिया भट्ट र रणवीर कपूरको फिल्म ‘ब्रह्मास्त्र’ले यतिबेला बक्स अफिसमा धुम मच्चाइरहेको छ । फिल्मको राम्रो कमाई र सफलता देखेर अहिले निर्देशकले राहतको सास फेरिरहेका छन् । फिल्मको स्क्रिप्ट ढिलो भएपछि पनि आलिया र रणवीरको रोमान्सको झलक हेर्न फ्यानहरू थिएटरमा पुगेका छन् ।

उनीहरु दुवैको केमेस्ट्रीले देश र विश्वलाई नै हल्लाएको छ । योसँगै भिएफएक्समा आधारित यो फिल्मले हिन्दी सिनेमालाई नयाँ रुप दिएको छ । यो फिल्मले सप्ताहन्तमा धेरै कमाइ गरेको छ ।अहिले फिल्मले भारतमा मात्रै २२०.७३ करोड कमाएको छ । अर्कोतर्फ सोमबार ब्रह्मास्त्रको कमाईमा स्पीड ब्रेकर भएको छ ।

ब्रह्मास्त्रको ११औं दिनको कमाई १०औं दिन भन्दा कम थियो ।दशौं दिन अर्थात आइतबारको कुरा गर्दा फिल्मले बक्स अफिसमा १६.३० करोडको व्यापार गरेको थियो । जबकि ११ औं दिन फिल्मको कमाईमा भारी गिरावट आएको छ । सोमबार ११ औं दिन फिल्मले ४.८० करोड मात्रै कमाएको थियो ।

यो अहिलेसम्मकै न्यून सङ्कलन हो । तर, उल्लेखनीय कुरा के छ भने यो फिल्म सेप्टेम्बर ९ मा रिलिज भएको थियो र त्यसयता चर्चाको विषय बनेको छ । फिल्ममा आलिया रणवीरका अलावा अमिताभ बच्चन, नागार्जुन र मौनी रोय पनि देखिएका छन् । फिल्ममा शाहरुख र दीपिकाको क्यामियो रोल रहेको छ ।


Last Updated on: September 20th, 2022 at 9:56 pm

तपाईको प्रतिक्रिया