Wednesday, August 10

अष्ट्रेलियामा नर्सिङ पेसामा जागिर र नर्सको तलब कति हुन्छ ?

August 6, 2022

अष्ट्रेलिया :

स्वास्थ्य सेवा अन्तर्गत रहेर बिरामीको हेरचाह र उपचारमा नर्सले महत्त्वपूर्ण जिम्मेवारी बहन गर्ने हुँदा यस पेशाको माग दिन प्रति दिन बढ्दो छ।

बिगतका बर्षहरुमा अष्ट्रेलियामा नर्सिङ्ग विषय सम्बन्धि अध्ययन गर्ने विद्यार्थीले स्वास्थ्य सेवाका उत्कृष्ट दश जागिरहरु मध्ये छ जागिर पाउन सफल भएका छन्।

नर्सिङ पेसामा आबद्ध व्यक्तिले अष्ट्रेलियामा औसत वार्षिक ७५,७०० अष्ट्रेलियन डलर आर्जन गर्न सक्छ। आउँदो पाँच वर्षमा नर्सिङ पेसाको माग ७.६ प्रतिशतले बढ्ने अनुमान गरिएको छ।

अष्ट्रेलियामा नर्सको योग्यता ,काम सम्बन्धि अनुभव साथै सम्बन्धित काममा विशेष दक्षता ( स्पेसलाइजेसन ) का आधारमा तलब तोकिएको हुन्छ। पेस्केलका अनुसार, यस्तो छ अष्ट्रेलियामा नर्सको औसत वार्षिक तलब :

१ – अक्युट केयर नर्स – ७६,८०० देखि ८०,००० अष्ट्रेलियन डलर २ – क्रिटिकल केयर नर्सिङ्ग – ७८,८०० देखि ८५,५०० अष्ट्रेलियन डलर

३ – नर्सिङ्ग असिस्टेन्ट – ६८,९०० देखि ७५,५०० अष्ट्रेलियन डलर ४ – निओनेटल नर्स प्राक्टिसनर – ८२,१०० देखि ८८,९०० अष्ट्रेलियन डलर

५ – नर्स मिडवाइफ़ – ८८,४०० देखि ९५,००० अष्ट्रेलियन डलर ६ – मेन्टल हेल्थ नर्स – ६८,९०० देखि ७५,५०० अष्ट्रेलियन डलर

७ – हेड नर्स – ७८,३०० देखि ८५,५०० अष्ट्रेलियन डलर ८ – नर्सिङ्ग सुपरभाइजर – ८७,६०० देखि ९५,००० अष्ट्रेलियन डलर

९ – सैकाट्रिक (मनोचिकित्सक) नर्स – ७६,३०० देखि ८०,००० अष्ट्रेलियन डलर १० – नर्सिङ्ग कोअर्डिनेटर – ८३,३०० देखि ८८,९०० अष्ट्रेलियन डलर ११- नर्स प्राक्टिसनर – ७६,४०० देखि ८०,००० अष्ट्रेलियन डलर

यो पनि पढ्नुहोस : अष्ट्रेलियन प्रहरीमा भर्ति हुन न्युनतम योग्यता कति चाहिन्छ ?

अष्ट्रेलियामा प्रहरीको जागिर सम्मानीय जागिरमा पर्छ। अन्य देशबाट आएर अष्ट्रेलिया बसोवास गरिरहेकाहरु पनि अष्ट्रेलियन सुरक्षा विभागमा जागिरे हुन सक्छन्। अष्ट्रेलियन सुरक्षा विभागमा तलब तथा सुविधा पनि आकर्षक हुन्छ।

तर जागिरको लागि अष्ट्रेलियाको पीआर पाएर नागरिकताको लागि योग्य भइसकेपछि मात्र प्रक्रिया अगाडी बढाउन सकिन्छ। अष्ट्रेलियन प्रहरीमा भर्ति हुनका लागि आवश्यक न्युनतम योग्यता :

१ – अष्ट्रेलियाको नागरिकता प्राप्त भएको हुनुपर्छ। कुनै राज्यले पीआर होल्डरले पनि आवेदन दिन सक्ने उल्लेख गरेका हुन्छन्।

२ – उमेरको हद अठार वर्षभन्दा माथि हुनुपर्छ। ३ – मान्यता प्राप्त ड्राइभिंग लाइसेन्स हुनुपर्छ।

४ – सम्बन्धित पदका लागि चाहिने योग्यता अनुसारको शैक्षिक प्रमाणपत्र हुनुपर्छ।

५ – प्राथमिक उपचार सम्बन्धि सर्टिफिकेट प्राप्त हुनुपर्छ। ६ – ननस्टप फ्रिस्टाइल सय मिटरसम्म पौडी खेल्न सक्नुपर्छ।

७ – चारित्रिक प्रमाण सफा हुनुपर्छ। ८ – ड्रग्स जस्ता नशामा नलागेको हुनुपर्छ।

Comment