Ultimate magazine theme for WordPress.

५५ लागे सलमान,जानौं उनको बारेमा रोचक जानकारी

384

एजेन्सी । अभिनेता सलमान खानलाई आफ्नो साथिभाई र फ्यानहरुले दबंग खान, चुलबुल पाण्डे तथा भाइजान भनेर बोलाउने गरेका छन् ।अभिनेता सलमान खानसँग जोडिएको केही रोचक तथ्यहरु यस प्रकार छन्ः सलमान खानको कैयौं अभिनेत्रीहरुसँग अफेयरको चर्चामा पनि चल्यो । जहाँ सोमी अली, युलिया बन्तुर, ऐश्वर्य राय, क्याट्रिना कैफ, संगप्ता बिजलानी लगाएत छन् ।सलमान खानले बच्चामा स्विमिङ सौखिन थिए । उनी स्कुल टाइममा च्याम्पियन पनि बनेका थिए । उनलाई पेन्टिङ पनि आउँछ, भने राम्रो गीत पनि गउँछन् ।

सलमान खानलाई साबुन धेरै मन पर्छ । नेचर इन्ग्रेडेन्टबाट बनेको साबुनले सलमान धेरै नुहाउँछन् । उनको बाथरुममा विभिन्न प्रकारका सुबुनहरु हुन्छन्, जुन विभिन्न देशबाट मगाइएको हुन्छ ।सलमान खानको वास्तविक नाम ‘अब्दुल राशिद सलीम सलमान खान’ हो ।सलमान खानले फिल्म ‘बीवी हो तो ऐसी’ (१९८८)बाट बलिउडमा डेब्यु गरेका थिए । यो फिल्ममा सलमानले सपोर्टिङ रोलमा अभिनय गरेका थिए । तर कयौंलाई लाग्छ कि सलमानको पहिलो फिल्म ‘मेने प्यार किया’ (१९८९) हो ।अभिनेता सलमानको दोस्रो फिल्म ‘मेने प्यार किया’लाई कैयौं भाषामा डब गरिएको थियो ।

फिल्मको टाइटल मज्जाको दिइएको थियो ।भनाई अनुसार फिल्म ‘मेने प्यार किया’ रिलिज भएपछि अभिनेता सलमान ६ महिना बेरोजगार बनेका थिए ।बच्चामा अभिनेता सलमान हिरो बन्न चाहदैनथे । आफ्नो बुवा सलीम खान जस्तै लेखक बन्न चाहन्थे ।मोडलिङ बाट सलमानले फिल्मी करियर सुरु गरेका थिए ।सलमान खानले आफ्नो करियरमै सबै भन्दा बढी फिल्म अभिनेत्री क्याट्रिना कैफसँग गरेका छन् । यो जोडी पुनः ‘भारत’ फिल्ममा पनि सँगै देखिदै छन् ।सलमान खानलाई बलिउडमा गड फदरको नामले पनि चिनिन्छन् ।

उनले कयौं स्टार किड्स तथा नन स्टार किड्सहरुलाई लञ्च गरेका छन् । जहाँ सोनाक्षी सिन्हा, डेजी शाह, आयुष शर्मा, सुरज पञ्चोली, स्नेहा उल्लाल, भुमिका चावला, जहीर इकबाल, प्रनुतन बहल लगाएत छन् ।१५ भन्दा बढी फिल्ममा अभिनेता सलमानको क्यारेक्टरको नाम प्रेम राखिएको छ । जहाँ, मैने प्यार किया, अन्दाज आफ्ना आप्ना, हम आप्के है कौन, जुडवा, दीवाना मस्ताना, बीवी नम्बर १, हम साथ साथ है, नो इन्ट्रि लगाएत फिल्ममा लसलमानको क्यारेक्टरको नाम ‘प्रेम’ राखिएको छ ।