आइतबार १६ आश्विन २०७९

काठमाडौं : पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार ललितपुरस्थित पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा खनाललाई खादा ओढायर पार्टी प्रवेश गराएका हुन्।

खनाल काठमाडौं या तनहुँबाट चुनाव लड्नगरी एमालेमा प्रवेश गर्न लागेका हुन् ।उनलाई यसअघि पनि एमाले नजिक रहँदै आएको आरोप थियो । “३० वर्ष प्रहरीमा रहेर देशको सेवा गरेँ अब पार्टी प्रवेश गर्दैछु,” उनले भने, “पार्टीले दिने जिम्मेवारी पूरा गर्छु, म काठमाडौं ६ या तनहुँ मेरो रोजाइमा पर्छ तर पार्टीले दिने जुनसुकै जिम्मेवारी पूरा गर्न तयार छु ।”

यो पनि- २०७४ सालको चुनावबाट गठन भएको लुम्बिनी प्रदेशसभाले सोही वर्ष माघबाट काम सुरू गर्‍यो । फागुन ३ गते शंकर पोखरेलको नेतृत्वमा तत्कालीन नेकपा एमाले र माओवादी गठबन्धनको सरकार गठन भयो र पछि पार्टी एकीकरणपछि नेकपाको बन्यो ।

प्रादेशिक संरचना नयाँ भएकाले प्रदेश सभा र सरकार दुवैको सिकाइका वर्षका रुपमा रहे पहिलो वर्ष । ८७ सदस्य प्रदेशसभामा १९ सदस्य मात्र रहेको नेपाली कांग्रेस दुईतिहाइको वाम गठबन्धनसँग निरीह प्रतिपक्षको रुपमा पहिलो ३ वर्ष पूरा गरेको थियो ।

पछि नेकपाभित्र केन्द्रमा भएको खटपटपछि प्रदेशमा पनि त्यसको प्रभाव पर्‍यो । नेकपा विभाजनपछि पराकम्पस्वरूप यहाँको सरकार फेरबदल भयो । सर्वोच्चले एमाले र माओवादी ब्युँताएपछि सत्ता परिवर्तनको खेल सुरू भयो । एमालेविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको एक पक्ष र राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री शंकर पोखरेललाई हटाउन कसरत थाले ।

त्यसमा सूर्य चिन्ह लिएर जितेका दुई सांसद पनि थपिए ।२०७८ वैशाख ६ गते विपक्षी दलहरूले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरे । सोही दिनबाट सत्ता र सांसद तानातानको खेल अनि संविधानलाई आफू अनुकूल प्रयोग गर्ने काम सुरू भएको थियो ।

अविश्वासको प्रस्ताव दर्ता गरेका जसपाका ४ सांसदलाई शंकर पोखरेलले मन्त्री बनाएर तत्काली गर्जो टार्ने काम गरे । मन्त्री बनेका सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई जसपाले कारबाही गरेको सूचना प्रदेशसभाले तत्काल प्रदेशसभाले कार्यान्वयन गरेपछि वैशाख १६ गते उनीहरू पदबाट बर्खास्त भएसँगै पोखरेल पुनः अल्पमतमा परे ।

अविश्वासको प्रस्तावमा छलफल गर्न वैशाख १९ गते प्रदेशसभा अधिवेशन आह्वान गरियो । तर, रणनीतिकरुपमा गठबन्धनलाई छक्काउँदै अविश्वासको प्रस्तावबाट बच्न अधिवेशन सुरु हुने दिन बिहान शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएर प्रदेशसभा अधिवेशन अन्त्य गराएपछि राजननीति थप पेचिलो बन्यो ।

८७ जना सांसदमध्ये एमालेमा लागेका माओवादी केन्द्रका २ सांसद कारबाहीमा परेपछि ८५ सदस्य संसद संख्या पुगेको थियो । पछि जसपाका ४ सांसद कारबाहीमा परेपछि पोखरेलले एमालेमा एकल बहुमतको पुगपछि सोहीअनुसार बहुमतका आधारमा मुख्यमन्त्री पद संहालेका थिए ।

तर, लगत्तै नेकपाबाट उपनिर्वाचन जितेकी दाङकी विमलाकुमारी वलीले आफू माओवादी केन्द्रमा लागेको घोषणा गरिन् । कपिलवस्तुका प्रदेश सांसद बनेका दृगनारायण पाण्डेले राजीनामा दिए । सूर्य चिह्नबाट चुनाव जितेका २ सांसद एमालेको नभई स्वतन्त्र भएको भन्दै विज्ञप्ति आएपछि पोखरेललाई चुनौती थपियो ।

एमालेले भने एमाले संसदीय दलमै रहेको समयमा सबैले हस्ताक्षर गरेकाले ४१ जनाको हस्ताक्षरलाई आधार मानेर बहुमतको सरकार संचालन गर्यो । तर विपक्षी गठबन्धनले ३ सांसदले साथ छाडेपछि सरकारले राजीनामा दिनुपर्ने वा सदनबाट बहुमत सावित गर्न लगातार दबाब दिइरहे ।

पोखरेलको बहुमत नपुग्ने भन्दै गठबन्धनका तर्फबाट कुलप्रसाद केसीले मुख्यमन्त्री पदमा दाबी गरेर पोखरेललाई मुख्यमन्त्री नबनाउन भन्दै गठबन्धनका सांसदले प्रदेश प्रमुखको कार्यालय अघि धर्नासमेत दिए तर तत्कालीन प्रदेश प्रमुख धर्मनाथ यादवले शंकर पोखरेलले मुख्यमन्त्रीको सपथ खुवाए ।

गठबन्धनका सांसदले पुनः पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराए । २०७८ जेठमा बजेटका लागि प्रदेशसभाको आठौं अधिवेशन सुरु भयो । पोखरेल नेतृत्वको सरकारलाई अप्ठ्यारो पार्न कांग्रेस-माओवादी केन्द्रसहितको गठबन्धनले बजेट असफल पार्ने रणनीति बनायो ।

बजेट पास गर्न एक महिनाको प्रयास सफल नभएपछि प्रदेशसभा अन्त्य गराएर अध्यादेशबाट बजेट ल्याइएको थियो ।सर्वोच्च अदालतको फैसलापछि प्रतिनिधि सभा पुनःस्थापना भयो । केपी ओली सरकारबाट हटेर शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि प्रदेश प्रमुख फेरिए । त्यसपछि भने विपक्षी गठबन्धनलाई एमालेविरुको रणनीति बनाउन सहज भयो ।

नयाँ प्रदेश प्रमुख अमिक शेरचन आएपछि पोखरेलविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रस्ताव प्रदेशसभामा पेस नहुँदै पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएर २०७८ साउन २८ गते माओवादी केन्द्रका नेता कुलप्रसाद केसी मुख्यमन्त्री बनेका थिए ।


Last Updated on: September 22nd, 2022 at 12:01 pm

तपाईको प्रतिक्रिया