शुक्रबार १४ आश्विन २०७९

काठमाडौं । एकपछि अर्को जनप्रिय काम गरिरहेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) चर्चा देशभर चुलिएको छ । बालेनको सुरु गरेको अनधिकृत संरचना हटाउने कार्यको सुरुवात देशका विभिन्न शहरमा हुन थालेको छ ।

काठमाडौं महानगरले अतिक्रमित संरचना हटाउन थालेपछि बिभिन्न स्थानीय सरकार पनि तातिएका छन् ।ललितपुर महानगरपालिकाले अवैध संरचना हटाउन अल्टिमेटम दिएको छ ।ललितपुर महानगरपालिकाले नगरभित्रका अनियमित संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ।

महानगरपालिकाले ३५ दिने सार्वजनिक सूचना प्रकाशन गर्दै सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना हटाउन निर्देशन दिएको हो ।ललितपुर महानगरपालिका क्षेत्रभित्र नक्सा स्वीकृत बिना, मापदण्ड विपरित निर्माण भएका संरचनाहरु, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरि निर्माण भएका स्लोप, टप, रयाम्प, सिँढी लगायतका संरचना हटाउन सूचनामा भनिएको छ।

नक्शा स्वीकृत गर्दा पार्किङ प्रयोजनमा स्वीकृत लिएर अन्य प्रयोजनमा प्रयोग भएका संरचनाहरू लगायत सार्वजनिक जग्गा अतिक्रमण गरि निर्माण गरेका संरचना सूचना प्रकाशित भएको मितिले ३५ (पैतिस) दिनभित्र सुधार गर्न वा हटाउन सूचीत गरेको छ।

त्यस्तै नक्शा स्वीकृत गर्दा पार्किङ प्रयोजनमा स्वीकृती लिएर अन्य प्रयोजनमा प्रयोग भएका संरचनाहरू लगायत सार्वजनिक जग्गा अतिक्रमण गरि निर्माण गरेका संरचना तोकिएको समयावधिभित्र सुधार गर्न वा हटाउन पनि सूचित गरिएको छ।

तोकिएको समयभित्र सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना नहटाएर महानगर आफैँले हटाउने चेतावनी दिइएको छ।‘उल्लेखित म्यादभित्र सूचना बमोजिमको कार्य नगरे÷नगराएमा महानगरपालिका कार्यालयले त्यस किसिमका सरंचना हटाउने,’ सूचनामा उल्लेख छ।


Last Updated on: September 22nd, 2022 at 5:35 pm

तपाईको प्रतिक्रिया