August 6, 2022
बेइजिङ ।
चीनको इजोऊ प्रान्तमा यांग्त्से नदीमा बनेको यो मन्दिर ७ सय वर्ष पुरानो हो । मन्दिर अहिलेसम्म सयौं पटक नदीमा आएको बाढीमा डुबिसकेको छ ।
तर, यो मन्दिरलाई बाढीले कुनै नोक्सान पुरयाएको छैन । यो मन्दिर चीनका सोन्ग वंशका शासकले बनाएका हुन् ।
ती शासकहरुले यो मन्दिरलाई नदीको बीचमै बनाउन लगाएका थिए । विगत केही दिनदेखि यो नदी पूरै पानीमा डुबेको थियो ।
अहिले पानीको सतह घटेपछि केही भाग देखिएको छ । नदीमा मन्दिरको आधा भाग भने १२ महिना नै डुबिरहेको हुन्छ ।
मानिसहरु डुंगामा चढेर यहाँ पुग्छन् । केही तस्विरहरु हेर्नुहोस् ।
Comment