Wednesday, August 10

पाँचथरको हिलिहाङ–७ मा एक जना व्याक्ति मृत फेला

August 6, 2022

पाँचथर–

पाँचथरको हिलिहाङ–७ मा एक जना व्याक्ति मृत फेला परेका छन् ।

कुम्मायक गाँउपालीकाको रानीगाँउमा घर भई सदरमुकाम फिदिमको अस्पताल चोकमा होटल व्यवसाय गर्ने नरेन्द्र चापागाँई मृत फेला परेका हुन् ।

तमोर कोरीडर सडक अन्तर्गत खाल्लेखोला छेउमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

चापागाँई सडकबाट केहि मिटर मुनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपि राकेश थापाले जानकारी दिए ।

मोटरसाईकल बाटोमा लडिरहेको अवस्थामा फेला परेको थियो ।सोहि ठाँउ नजिकै असारको पहिलो साता हिलिहाङ–४ का रमेस योङयापनि भिरमा अड्कीएको अवस्थामा फेला परेका थिए ।

उनको पनि मृत्यु भएको थियो । योङयाको मोटरसाईकल सडकमै थियो भने सडक भन्दा मुनी फेला परेका थिए ।

चापागाँई भालुचोक बजारबाट सो बाटो प्रयोग गरी फिदिम तर्फ आईरहेको बुझिएको छ । उनी घर नआईपुगेपछि सोधि खोजी भएको थियो ।

खोज्ने क्रममा लडेको अवस्थामा मोटरसाईकल भेटिएको थियो भने उनको शव सडकभन्दा करिव १ सय मिटर सडक मुनी थियो ।

पोष्टमार्टमाका लागि शव फिदिम ल्याइएको छ । थप अनुसन्धान भईरहेको डिएसपि थापाले बताए ।

Comment