मंगलबार १८ आश्विन २०७९

धेरै काम गरेर थाकिन्छ भने चिन्ता नगर्नुहोस् किनकि सामसङ कम्पनीले एउटा अनौठो कम्प्युटर माउस तयार गरेको छ । उक्त माउस हेर्दा त आम माउस जस्तै देखिन्छ तर कम्पनीले यसमा एउटा विशेष फिचर थप गरेको छ ।

कम्पनीका अनुसार कर्मचारी तथा कामदारले तय समयभन्दा बढि समयसम्म काम गर्नुपर्ने समस्या समाधान गर्नका लागि यो माउस डिजाइन गरिएको हो । यो माउसले निश्चित समयसम्म काम गरेपश्चात् आफै चल्न छाड्दछ र आफ्नो पांग्राको मद्दतले टाढा भाग्दछ ।

सामसङले उक्त ब्यालेन्स माउसको भिडियो आफ्नो कोरियाली युट्युब च्यानलमा जारी गरेको छ । यसलाई अहिले केवल अवधारणाको रुपमा मात्र पेश गरिएको छ अर्थात् बजारमा अहिल्यै उपलब्ध छैन ।वास्तवमा यो माउस कोरियामा कामकाजी जिवनलाई सन्तुलन गर्ने उद्देश्यका साथ तयार गरिएको हो ।

सामसङले एक विज्ञापन एजेन्सीसँग मिलेर उक्त माउसको अवधारणा तयार गरेको हो ।सामसङले आफ्नो उक्त भिडियोमा भनेको छ कि धेरैजसो कामकाजी मानिसहरु तय अवधिभन्दा धेरै समयसम्म कार्यालयमा काम गर्दछन् किनकि उनीहरुलाई कार्यालयबाट निस्किनु अगाडि आफ्नो काम सक्ने दबाब हुन्छ ।

जसका कारण उनीहरुले अधिक काम गर्न सुरु गर्दछन् । सोही समस्याको समाधान गर्नका लागि सामसुंगले उक्त अवधारणा माउस तयार गरेको हो जसले अधिक कामको समस्या कम हुन सकोस् ।यो माउस बजारमा उपलब्ध आम माउसहरु जस्तै हुन्छ तर कम्पनीले यसमा एक फिचर थप गरेको छ ।

जसबाट कामकाजी मानिसहरुले धेरै काम गर्नुपर्ने बाध्यतामा रोक लगाउन सक्दछ ।यदि कुनै कर्मचारीले अतिरिक्त समय काम गरिरहेका छन् भने यो माउसको फिचर सक्रिय हुन्छ । यो माउसले प्रयोगकर्ताको हातको क्रियाकलापबाटै पत्ता लगाउँदछ र मौका मिल्ने बित्तिकै पांग्राको सहयोगमा टाढा भाग्दछ ।

यदि कसैले पुनः यो माउसलाई समाएर काम गर्ने प्रयास गरेमा यसको मुख्य भाग बाहिर आउँदछ र यसले काम गर्न बन्द गर्दछ । एजेन्सीको सहयोगमा


Last Updated on: September 23rd, 2022 at 8:59 am

तपाईको प्रतिक्रिया