Monday, August 15

रोयल एनफिल्डको सबैभन्दा सस्तो बाइक ‘हन्टर ३५०’ लन्च हुदैँ, मूल्य १ लाख…

August 6, 2022

एजेन्सी

भारतीय अटोमेकर कम्पनी रोयल एनफिल्डले आफ्नो सबैभन्दा सस्तो मोटरसाइकल ल्याउने तयारी गरिरहेको छ ।

कम्पनीले उक्त बाइकको नाम ‘हन्टर ३५०’ राखेर अन्तराष्ट्रिय बजारमा अगस्ट ७ मा सार्वजनिक गर्ने योजना बनाएको हो ।

कम्पनीले यो बाइक ३ भर्सन, रेट्रो , मेट्रो र मेट्रो रिबेलको रुपमा लन्च गर्नेछ । बेस भेरियन्टमा स्पोक ह्वील, सिंगल च्यानल एबीएस, रियर ड्रम ब्रेक र हलोजन टर्न इन्डिकेटरसहितको ट्युब-टाइप टायरहरू समावेश हुनेछन् ।

साथै, उच्च भेरियन्टहरूमा एलईडी टर्न इन्डिकेटर, एलोय ह्वील र डुअल च्यानल एबीएस हुनेछ । भेरियन्ट अनुसार बाइकको कलर फरक हुने कम्पनीले बताएको छ ।

‘हन्टर ३५०’ मा ट्रिपर नेभिगेसन प्रणाली पनि हुनसक्ने अनुमान गरिएको छ ।यसको इन्जिन ४९ सीसी, सिंगल सिलिन्डर, एयर-ओइल कुलिङसहितको लामो स्ट्रोक युनिट हुनेछ।

यो इन्जिनले अधिकतम २०.२ बीएचपी पावर र २७ एनएमको पीक टर्क जेनेरेट गर्दछ । यसलाई ५ स्पीड गियरबक्ससँग जोडिनेछ।

रोयल एनफिल्ड हन्टर ३५० को लम्बाइ २०५५ मिमी, चौडाइ ८०० मिमी र उचाइ १०५५ मिमी हुनेछ।

रोयल इनफिल्डकै सबैभन्दा सस्तो मोटरसाइकलको रुपमा सार्वजनिक हुने तयारीमा रहेको यो मोटरसमाइकलको सुरुवाती मूल्य १ लाख ५० हजार भारतीय रुपैयाँ हुने अनुमान गरिएको छ ।

Comment