शुक्रबार १४ आश्विन २०७९

बुटवलका कलाकार राजु महोत्रा झु’ण्डिएको अवस्थामा मृत फेला परेका छन् । देवीनगरस्थित आफ्नै निवासमा राति २ बजेतिर झु’ण्डिएको अवस्थामा फेला परेका हुन् ।करिब ३५ वर्षीय महोत्रा बिहीबार सांझ गायक नन्दु परियार लगायतसँग आफ्नै घरमा खाना खाएर सुतेका थिए ।

महोत्राको श’व पो’ष्टमार्टमका लागि लुम्बिनी प्रदेशिक अस्पताल पुर्‍याइएको र घटनाबारे अनुसन्धान अघि बढेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।उनले दर्जनौं म्युजिक भिडियो निर्माण र अभिनय गरेका छन् ।महोत्राकी श्रीमती पनि म्युजिक भिडियोमा अभिनय गर्छिन् । महोत्रा कलाकारितासँगै विभिन्न व्यवसायमा पनि आवद्ध थिए ।

यो पनि -गयराती भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परि चितवन, कैलाली र गोरखामा ३ जनाको ज्यान गएको छ ।चितवनको भरतपुर महानगरपालीका–९ टिकौली जंगलमा हिजो बेलुकी ट्याङकर र स्कुटर ठोक्किँदा एक जनाको मृ’त्यु भएको छ ।मृ’त्यु हुनेमा स्कुटर चालक भरतपुर महानगरपालिका–९ का ६२ वर्षीय प्राण जवरा रहेका छन् ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृ’त्यु भएको हो ।बिरगन्जबाट काठमाण्डौतर्फ आउँदै गरेको ना ७ ख ३७ २३ नम्बरको ट्याङकर र भरतपुरबाट टाडीतर्फ जाँदै गरेको बा ८३ प ५५३ नम्बरको स्कुटर हिजो बेलुकी पौने ७ बजे ठोक्किएका थिए ।

ट्याङकर चालकलाई प्रहरी चौकी गोन्द्राङ चितवनले नियन्त्रणमा लिएको छ ।उता कैलालीको धनगढी उपमहानगरपालिका– १६ उल्टापानीमा गएराती ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृ’त्यु भएको छ ।मृ’त्यु हुनेमा स्थानीय ४२ वर्षीय हरी प्रसाद चौधरी रहेका छन् ।

धनगढीबाट घोराहीतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्रयाक्टर गएराती साढे ९ बजे अनियन्त्रित भइ नालामा पल्टिएको थियो ।चालक चौधरीको घटनास्थलमै मृ’त्यु भएको अस्थाई प्रहरी पोष्ट बेहडाबा कैलालीले जनाएको छ ।त्यस्तै गोरखाको अजिरकोट गाउँपालिका–२ वालाङमा गएराती ट्रयाक्टर अनियन्त्रीत भई भिरमा खस्दा चालकको मृ’त्यु भएको छ ।

मृ’त्यु हुनेमा सिरान्चोक–४ छोप्राकका २७ बर्षीय बिक्रम श्रेष्ठ रहेका छन् ।गएराती साढे ११ बजे ग १ त ४५७४ नम्बरको सिमेन्ट लोड भएको ट्रयाक्टर अनियन्त्रीत भई दुर्घटना भएको प्रहरी चौकी भच्छेकले जनाएको छ ।


Last Updated on: September 23rd, 2022 at 11:07 am

तपाईको प्रतिक्रिया