मंगलबार १८ आश्विन २०७९

काठमाडौं । मकवानपुर जिल्ला स्थायी घर भएर ललितपुरमा बस्दै आएका राजुकुमार लुङकी श्रीमती मनिषा लुङ ६८ लाख पैसा डुबाएर ९ वर्षीय छोरा सहित फरार भएकी छन् ।लाखौँ पैसा जम्मा गरेर घर भाँडा समेत नतिरेकी मनिषाले छरछिमेक र सहकारीबाट पैसा लिएर फरार हुँदा उनका श्रीमान खोजीको लागि मिडिया सामु आएका छन् ।

विवाह भएको १४ वर्षपछि यो घटना भएको छ । राजकुमार पेसाले ड्राइभर हुन् । मनिषा केही समय अगाडि घरको काम गर्ने गरेकी थिइन तर पछिल्लो समय उनी राजनीतिकमा लागे पश्चात दिन दिनै पैसा माग्न थालेको उनका श्रीमान राजकुमार बताउँछन् ।

मनिषाले १ लाख २० हजार कोठा भाँडा हुँदा समेत १ रुपैँया नतिरेको पाईयो । त्यसपछि उनी सम्पर्क बिहिन भएकी हुन् । उक्त कोठाभाडा तिर्न नसकने अवस्था भएपछि राजकुमारले आफूले चलाउँदै गरेको मोटरसाइकल घरवालालाई दिन बाध्य भएका छन् ।

जुनै ठाउँबाट पैसा ल्याउँदा पसलको लागि खर्च भन्दै ल्याउँने मनिषाले थुप्रै ठाउँबाट पैसा उठाएर फरार भएकी छन् ।आफूले कमाएको सम्पूर्ण पैसा मनिषालाई दिदै आएका राजकुमार धेरै ठाउँबाट पैसा लिएर श्रीमती सम्पर्क बिहिन भएका कारण दैनिक रुपमा ८–१० जना मानिस पैसा माग्न आइरहेने गरेको उनी बताउँछन् ।

उनका अनुसार सुन ,नगद गरि २५ लाख र सहकारी सापट गरि ६८ लाख जति पैसा हिनामिना गराएकी छिन् । उक्त रहम आफू नर्तिने र मनिषा छिटो सम्पर्कमा आएर मेरो ९ वर्षीय छोरा सहित हिनामिना भएको रकम उपलब्ध गराउन उनले अपिल गरेका छन् ।


Last Updated on: September 23rd, 2022 at 9:41 pm

तपाईको प्रतिक्रिया