
काठमाडौं । लोकप्रिय कलाकार दयाहाङ राईलाई पुत्रलाभ भएको छ । शुक्रबार बिहान बसुन्धरास्थित इशान अस्पतालमा दयाकी पत्नि बेनुकाले दोस्रो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् ।दयाहाङ दम्पतीबाट यसअघि पनि एक छोरा छन् ।
जो अहिले १० वर्षका भइसकेका छन् ।दयाका अनुसार अहिले आमा र बच्चा दुवै स्वास्थ्य राम्रो छ । उनले आँफु सुटिङबाट भर्खर अस्पताल आएको जानकारी दिँदै भने म भर्खरै आएको हुँ । परिवारमा नयाँ सदस्यको आगमनले निकै खुशी तुल्याएको छ ।
दया हाल ‘कबड्डी’ निर्देशक रामबाबु गुरुङको निर्देशनमा छायांकन भइरहेको फिल्म ‘फूलबारी’ सेटबाट दयाहाङ सिधै अस्पताल पुगेका हुन् । अहिले उनी अस्पतालमै रहेर पत्नीको स्याहारमा लागिरहेका छन् ।दया र बेनुकाको विबाह २०६५ सालमा भएको हो । उनकी पत्नि बेनुकाले गायिका हुन् ।
हाल उनी फिल्म ‘दुई नम्बरी’को प्रचार प्रसारमा पनि ब्यस्त छन् । दयाको फिल्म ‘दुई नम्बरी’ असोज २१ गते प्रर्दशन हुँदैछ ।उता हास्य कलाकार बुद्धि तामाङ ‘हैट’ आज विवाह बन्धनमा बाँधिँएका छन । कौशलटारको एउटा पार्टी प्यालेसमा उनको विवाह समारोह सम्पन्न भएको हो ।
मकवानपुरकी अनु थिङसँग उनले मागी विवाह गरेका हुन् । ३० वर्षीय थिङ हाल स्नातक अध्ययरत रहेको बताइएको छ ।तामाङ संस्कारअनुसार भएको विवाहमा दुवैका परिवार तथा निकट साथीभाइको उपस्थिति छ । हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’, निर्माता-निर्देशक अशोक शर्मा कबड्डी श्रृंखलामा बुद्धिका सहकर्मी विजय बराललगायत विवाहमा जन्ती गएका थिए ।
उनका नजिकका साथीहरुका अनुसार अभिनेता तामाङ र प्रेमिका थिब केही समय यता प्रेम सम्बन्ध रहेका थिए। विवाहको कुरामा सयम आएपछि हुन्छ नि भनेर पन्छिने गरेका अभिनेता तामाङको थिबसँग तामाङ विधि (संस्कार तथा परम्परा) अनुसार नै विवाह गरेका हुन् ।
३० वर्षीया थिङ स्नातक अध्ययनरत विद्यार्थी समेत हुन् । परिवारकै माध्यमबाट उनीसँग भेटेको बुद्धिले जानकारी दिए ।तामाङ संस्कार अनुसार राजी भएका केटीले सगुन पोङ छुनु पर्दछ। त्यस पश्चात् पोङमा रहेको सगुन बुबा वा माइतीलाई बुझाउनु पर्ने हुन्छ।
अभिनेता तामाङले प्रेमिका थिबको घरमा पुगेर केही दिनअघि तामाङ परम्पराअनुसार सगुन पोङ राखेका थिए। पोङको सगुन केटा केटीले ग्रहण गरेपछि दुलाह र दुलाही दुवै पक्षको अनुकुलतामा विवाहको साइत हेरेर केटीलाई केटाको घरमा लाने प्रचलन छ।
सोही विधि अनुसार आज ७ गते विहे भएको हो । विशेषगरी हाँस्यकलाकारको रुपमा चिनिने तामाङले रंगमञ्च मार्फत अभिनय यात्रा सुरु गरेका हुन्। उनले अभिनय गरेका ‘कबड्डी, छक्का पञ्जा, टलकजङ भर्सेस टुल्के, घामपानी, नाइ नभन्नु ल, वीर बिक्रम, जय भोले, वडा नम्बर–६’ लगायतका थुप्रै चलचित्र सुपरहिट छन्।
काभ्रेको तेमाल गाउँपालिका–३ कुडवालमा जन्मिएका तामाङ चलचित्रको अलावा सयौँको संख्यामा म्युजिक भिडियो तथा नाटकमा समेत अभिनय गरिसकेका छन्। उनी झण्डै २ दशकदेखि कला क्षेत्रमा सक्रिय छन्। हास्य टेलिसिरियल हुँदै अभिनय क्षेत्रमा प्रवेश गरेका उनी फिल्म, म्युजिक भिडियो र नाटकहरूमा समेत अभिनय गर्ने गरेका छन्। उनी हैट थेगोका कारण चर्चित छन्।