शुक्रबार १० चैत्र २०७९

एक साता अघि अष्ट्रेलियाको सिड्नीमा भएको आगलागीमा परेर घाइते भएका नेपाली युवा छन्दक पुन मगरको उपचारका लागि सहयोग जुटाउन गोफण्ड मी अभियान थालिएको छ । आर्थिक अभावमा गुज्रिएका घाइते पुन मगरका आफन्त अनिल घर्तीले ताजमानियाबाट सहयोग संकलनका गोफण्ड मीमा खाता खोलेर अभियान थाल्नुभएको हो ।

दुबै हात जलेको र घाटीमा समेत जलन भएका पुन मगरको १२ प्रतिशत जलेको उपचारमा संलग्न चिकित्सकले जानकारि दिनुभएको छ । इन्सुरेन्सबाट पूरै आर्थिक साथ नमिल्ने भएकाले हातको अप्रेसन गर्नका लागि सहयोगका लागि गोफण्ड मी मार्फत सहयोगका लागि आह्वान गरिएको छ ।

घाइते विद्यार्थीको रोयल नर्थ सोर अस्पतालमा उपचार भैरहेको बताइएको छ । उपचारपछि नेपाल फर्किएर आराम गर्ने योजनामा छन्दक रहेका छन् । यो समाचार तयार पार्दासम्म छन्दकका लागी ३५ हजार अष्ट्रेलियन डलर बराबर सहयोग जुटाउन खोलिएको गो फण्डमी खातामा साँढे ४ हजार अष्ट्रेलियन डलर संकलन भैसकेको छ ।

न्यू साउथ वेल्समा केही महिनादेखि साथीसँग बस्दैआएका नेपाली विद्यार्थी छन्दकको उपचारमा सहयोग गर्न चाहानुहुन्छ गोफण्ड मी को यो लिंकमा जानुहोस् ।

यो पनि – अष्ट्रेलियामा विद्यार्थी भिसामा अध्ययनरत नेपालीसहितका विद्यार्थीहरुले अर्थतन्त्रको कुनैपनि क्षेत्रमा ४० घण्टा भन्दा बढी काम गर्न पाउने भएका छन् । श्रमशक्ति अभावलाई सम्बोधन गर्ने उद्देश्यले विद्यार्थी भिसाको कार्य घण्टा प्रतिबन्ध अस्थायी रूपमा २०२३ जुन ३० सम्म हटाइएको हो ।

अब सन् २०२३ जुनसम्म अष्ट्रेलियामा अध्ययनरत विद्यार्थी, नयाँ आउने विद्यार्थीसँगै माध्यमिक आवेदकहरूले अर्थतन्त्रको कुनै पनि क्षेत्रमा ४० घण्टाभन्दा बढी काम गर्न छुट पाउनेछन् । अध्ययनको अघि पनि काम गर्न पाइने भएको छ । तोकिएको समयपछि भने विद्यार्थी भिसा बाहकमाथीको काममा लगाइने प्रतिबन्ध यथावत हुने बताइएको छ ।

यसरी जुनकुनै क्षेत्रमा ४० घण्टा बढी काम गर्ने छुट दिइएको भएपनि विद्यार्थीहरूले कामको अधिकार लगायत भिसाका सर्तहरूमा भने सचेत गराइएको छ । अध्ययनका क्रममा अनुपस्थित हुन, शैक्षिक गुणस्तरमा ह्रास ल्याउने गतिबिधि भने गर्न पाइनेछैन ।

विद्यार्थी भिसामा रहेकाहरुले कक्षामा उपस्थित हुन छोड्ने, पाठ्यक्रम अनुसारको प्रगतिमा ह्रास आउने लगायतका भिसा सर्तहरूको उल्लङ्घन गरेमा भने कारबाहीको सामना गर्नुपर्नेछ ।यता, विद्यार्थीलाई ४० घण्टाभन्दा बढी काममा लगाउन छुट दिएको सरकारले रोजगारदाताहरूलाई समेत सचेत गराएको छ ।

विदेशी कामदारहरू, अन्तर्राष्ट्रिय विद्यार्थीहरू सहित अष्ट्रेलियाको कार्यस्थल कानून अन्तर्गत सबै कर्मचारीहरूलाई समान अधिकार र सेवासुविधाको प्रत्याभुत गराउन भनिएको छ । परिवर्तित व्यवस्था अनुसार माइग्रेसन ऐन १९५८ को s116(1)(b) मा रहेको प्रत्येक पन्ध्र दिनमा ४० घण्टा भन्दा बढी काम गर्ने विद्यार्थीहरूको भिसा रद्द नगरिने भएपनि माइग्रेसन ऐन १९५८ को s235 र s245AC अन्तर्गतको व्यवस्थाको खिलापमा नजान सचेत गराइएको छ ।

विद्यार्थी भिसा धारकलाई उनीहरूको भिसा सर्तहरूको उल्लङ्घन हुनेगरि काम गर्न अनुमति नदिन भनिएको छ ।


Last Updated on: September 24th, 2022 at 12:00 pm

तपाईको प्रतिक्रिया