Ultimate magazine theme for WordPress.

आउँदो फागुनमा विवाहको तयारीमा रहेका प्रहरी जवान, जो कहिल्यै नफर्किने यात्रामा हिँडे

1,007

धनगढीः कैलालीको थारु समुदायमा पनि यतिबेला माघी पर्वको रौ’नक छ। मिठा–मिठा परिकार खाएर एकआपसमा रमाईलो गर्दै शुक्रबारको दिनलाई नयाँ वर्षका रुपमा मनाइरहेका छन। तर कैलालीको गौरीगंगा नगरपालिका–१० को भौसासुरको थारु वस्ती भने शो’कमा डु’बेको छ। सर्वत्र माघीको रौनक छाएका बेला भौसासुर गाउँ एक होनहार छोरा गु’माएको पी’डामा छ यतिबेला। यसवर्षको माघी पर्व र नयाँ वर्षले स्थानीय मेलाराम चौधरीको उज्यालो जीवनमा अँध्यारो ल्याइदिएको छ।

उनका उ’ज्याला सपनामाथि दैवले एकाएक ला’त हा’निदिएको छ। जीवनको सा’हारा खो’सेको छ। हो, आफ्नो बुढेसकालको सा’हारा एक्लो छोरा जीवनलाई दैवले खो’सेपछि मेलाराम अहिले एक्लै ल’डिरहेका छन। छोराले दख्दै गरेको उज्यालो संसारतिर फर्किदै उनी आफूलाई नै धि’क्कार्न बा’ध्य छन। तरपनि के गर्नू ! दैवले दिएको जति ठुलो चो’ट भएपनि सहनैपर्ने घडीमा उनी पुगेका छन। जिल्ला का’रागार कार्यालय कैलालीमा प्रहरी जवान पदमा कार्यरत छोरा जीवनको मृ’त्युको खबर प’त्यार लागेको थिएन मेलाराम र उनको परिवारलाई।

तर जब गौरीगंगाबाट उनी धनगढी उप–महानगरपालिकाको मनहेरा स्थित सडकखण्डमा निर्माणाधिन क’ल्भर्टमा छोरा ल’डिरहेको देखे। त्यसपछि त त्यो खबरलाई प’त्याउँनैपर्ने बा’ध्यता उनी सामू ख’डा भयो। जीवनका ठूलबुवाका छोरा दिपेन्द्र भन्छन्, ‘भाइले अ’प्रत्यासित छोडेर गएपछि काका बोल्न सक्ने अवस्थामा हुनुहुन्न। घरको एउटा मात्र साहारा थियो। ऊ तर दैवले सबै खुसी चु’डेर लग्यो।’ दिपेन्द्रका अनुसार निकै सहयोगी र मिलनसार स्वभावका जीवनले करिब ६ वर्ष पहिले मात्र नेपाल प्रहरीको जागिर सुरु गरेका थिए।

जिल्ला का’रागार कैलालीमा कार्यरत उनी धनगढीमा डेरामा बस्दै आएका थिए। घरपरिवारकै सहमति यसअघि नै म’ग्नी भइसकेकी युवतीसँगै धनगढीमा बसिरहेका चौधरीको आउँदो फागुनमा विवाह गर्ने तयारी थियो। तर अब चौधरीले त्यो तयारी कहिल्यै पूरा गर्न पाउने छैनन् र घरपरिवारले म’ग्नी गरेको युवतीसँगै विवाह गर्न सक्ने छैनन्। किनकी उनी कहिल्यै नफर्किने यात्रामा हिडिसकेका छन। ‘फागुनमा भाइको विवाह गर्ने तयारी थियो। तर बिहीबारको दुः’खद घ’टनाले त्यो सपना पनि अधुरै रह्यो,’ दिपेन्द्रले भने। जीवन र युवती करिब १ वर्षदेखि सँगै बस्ने गरेका थिए।

गौरीगंगा नगरपालिका–१० को महालक्ष्मी प्राथमिक विद्यालयका प्रधानाध्यापक समेत रहेका मृ’तक जीवनका बुवा मेलारामका अब दुई छोरी मात्र छन। प्रहरीले जिवनले चलाउने मोटरसाइकल समेत क’ल्भर्टमा दु’र्घटनाग्रस्त अवस्थामा भेटिएकाले दु’र्घटनाकै कारण उनको मृ’त्यु भएको हुनसक्ने बताएको छ। दिनेश खबरमा जनक बिष्टले लेखेका छन ।