मंगलबार १३ मंसिर २०७९

थिम्पु – झन्डै दुुई वर्ष लामो प्रतिबन्धपछि भुटान विदेश पर्यटकहरुका लागि पुनः खुला भएको छ । कोभिड–१९ महामारीपछि बन्द रहेको सिमाना हिमालयन राज्यले पुनः खोलेको हो । स्थानीय अर्थतन्त्रलाई पुनरुत्थान गर्न पर्यटनमा आबद्ध अधिकारीहरूसहित २३ विदेशी पर्यटक शुक्रबार भुटान पुुगेका छन् ।

प्राकृतिक सौन्दर्य र पुरातन बौद्ध संस्कृतिका लागि परिचित चीन र भारतको बीचमा जोडिएको भुटानले पहिलो संक्रमित भेटिएपछि सन् २०२० मा सिमाना बन्द गरेको थियो । करिब ८ लाख जनसंख्या भएको भुुटानमा ६१ हजारलाई संक्रमण भएको छ भने २१ जनाको मृत्युभएको छ ।

तर, कोभिडका कारण यहाँको अर्थतन्त्र भने धरासायी भएको छ ।‘हाम्रो लागि पर्यटन भनेको आम्दानी मात्र होइन’ भुटानको पर्यटन परिषद् (टीसीबी)का महानिर्देशक दोर्जी ध्राधुलले राजधानी थिम्पु नजिकै रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक आगन्तुकलाई स्वागत गरेपछि भने ।

पर्यटकहरुलाई मह, बेसार सिम कार्ड दिएर स्वागत गरिएको थियो ।काठमाडौंबाट पहिलो उडानमा पुुगेका प्रत्येक आगन्तुकलाई उपहारस्वरूप अर्गानिक मह, चिया, बेसार र स्थानीय सिमकार्डको सानो प्याक उपहारस्वरूप दिइएको भारतीय समाचार संस्था एनडीटीले जनाएको छ ।

यो पनि – परम्परागत नेवारी खाना प्रवर्द्धन गर्ने उद्देश्यका साथ यमरी प्रतियोगिता गरिएको छ। युरोपियन युनियनको सहयोगमा स्विच एशिया कार्यक्रम अन्तर्गत युएन ह्याबिट्याट तथा लुमन्तीद्वारा सञ्चालित पर्य-सम्पदा परियोजना अन्तरगत भएको प्रतियोगितामा विभिन्न होटल म्यानेजमेन्ट कलेजमा अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाएका थिए।

सहभागि विद्यार्थीहरूले बनाएको योमरीलाई स्वाद, कला, साइज र बनाउने तरिका अनुसार अङ्क प्रदान गरिएको थियो। प्रतियोगिताको निरीक्षण गरेर अंकभार दिनेमा सेफ एशोसियसन नेपालका अध्यक्ष, श्याम याङ लामा र भिलेज क्याफेकी किचन हेड हरिदेवी श्रेष्ठ हुनुहुन्थ्यो।

योमरीको साइज र स्वरूपको आधारमा एकेडेमी अफ कुलिनरी आर्टका विद्यार्थी पहिलो भएका छन्। यस्तै योमरीको स्वादका आधारमा सिल्भर माउन्टेन कलेज अफ होटल म्यानेजमेन्टले जजहरुको मन जितेको छ। कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्यले परम्परागत नेवारी कला, संस्कृति र खानालाई प्रवर्द्धन गर्न सके अधिकांशले रोजगारी पाउने तर्क गर्नुभयो।

नेवारी खानालाई प्रवर्द्धन गर्ने योजना नीति तथा कार्यक्रममा नै समावेश गरेर अघि बढेकाले यसमा सक्दो काम गर्ने उहाँको योजना छ। उपमेयर शाक्यले भन्नुभयो, ‘ललितपुरका सम्पदा बस्तीका प्रत्येक घर र टोल सीप एवं कौशलले भरिपूर्ण छन्। त्यसको संरक्षण र प्रवर्द्धन गर्नु पर्ने जिम्मेवारीलाई मैले गम्भीरतापूर्वक लिएको छु।’

परम्परागत खानाप्रति नयाँ पुस्ताको आकर्षण बढाउन थोरै परिमार्जन गरेर भए पनि प्रवर्द्धन गर्नु पर्नेमा उहाँको जोड छ। यस्तै कार्यक्रममा बोल्दै युएन ह्याबिट्याटकी कार्यक्रम प्रबन्धक प्रज्ञा प्रधानले सम्पदा बस्तीलाई पर्यटनसँग जोड्न सके मात्र स्थानीयको आर्थिक विकास हुने बताउनुभएको छ।

त्यसैले पर्य-सम्पदा परियोजना अन्तरगत बुङ्गमतिको काष्ठकला, होमस्टेसँगै परम्परागत खाना प्रवर्द्धनका लागि विभिन्न क्रियाकलाप भएको उहाँले स्मरण गर्नुभयो। नेवारी खाना सांस्कृतिक हिसाबले मात्रै नभई वैज्ञानिक हिसाबले पनि महत्वपूर्ण भएकाले यसलाई एउटा बस्ती, समाजमा मात्रै सीमित राख्न नहुनेमा उहाँको जोड छ।

यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मतिना जोशीले सामाजिक एवं सांस्कृतिक परिवर्तनले गर्दा आफ्नै खाना नचिन्ने अवस्था आइसकेकाले त्यसको जगेर्ना गर्न नै चुनौतिपूर्ण बन्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ।

परम्परागत खानालाई व्यवसायिक बनाउने सोचहरुको विकास हुन सके मात्रै यसको प्रवर्द्धन हुने उहाँको भनाई छ। परम्परागत खानाको व्यवसायिक उत्पादन गरे त्यसको गुण र सुरक्षाका प्राविधिक कुरा जाँच गर्न आफुहरुले सहयोग गर्ने उहाँले प्रतिबद्धता पनि जनाउनुभएको छ।


Last Updated on: September 24th, 2022 at 12:12 pm

तपाईको प्रतिक्रिया