शुक्रबार १० चैत्र २०७९

काठमाडौं । पछिल्लो समय निर्माता–निर्देशक करण जोहरको शोलाई दर्शकहरुले निकै रुचाइरहेका छन् । शोको आगामी एपिसोडमा पनि ग्ल्यामर जगतका चर्चित व्यक्तित्वको उपस्थिति रहने छ । करणको आगामी एपिसोडमा शाहरु खानको श्रीमति गौरी खान एक–दुई वर्ष मात्र नभई पूरा १७ वर्षपछि आउन लागेकी छन् ।

हरेक पटकझै यस पटक पनि उनले फ्यानहरुको मन जित्ने भएकी छन् । विगतमा छोरी सुहाना खानलाई डेटिङको विषयमा सल्लाह दिँदै आएकी गौरी खानले पछिल्लो समय छोरालाई सल्लाह दिइरहेकी छन् । गौरी खानको यो सल्लाह सामाजिक सञ्जालमा हावी छ । उनको सल्लाह सुनेर फ्यानहरु पनि छक्क परेका छन् ।

वास्तवमा, हालै करण जोहरले गौरी खानलाई छोरीपछि छोरा आर्यन खानलाई डेट गर्ने सल्लाह दिन आग्रह गरेका छन् । जसमा गौरीले आर्यनलाई भनेकी छन्, ‘तपाईले चाहानु भएको धेरै केटीहरूलाई डेट गर्नुहोस्, तर तपाईले विवाह गर्ने निर्णय नगरेसम्म मात्र । बिहे गरेपछि पूर्णविराम ।’

त्यसपछि करण जोहरले गौरीलाई फेसन पुलिस को हो ? भनेर सोधेका छन् । त्यसपछि कुनै समय खेर नफाल्दै गौरीले आर्यन खानको नाम लिएकी छन् । आर्यन फेसन प्रहरी भएको उनी बताउँछिन् ।

उनले भनिन्, ‘उसलाई शर्ट लगाउन मन पर्दैन । टी–शर्ट बोक्छन् । मलाई फुल बाहुला लगाउन मन लाग्दैन । उसलाई पनि धेरै कुरा मन पर्दैन ।’ त्यसपछि करणले फेरि भने, ‘मैले उनीसँग कुरा गर्नुपर्छ, धेरै कुरा हुनेवाला छ ।’गौरी खानका तीन सन्तान छन् । सुहाना, आर्यन र अबराम र तीनै जना निकै लोकप्रिय छन् ।

आर्यन खान फिल्ममेकर बन्ने तयारीमा छन् भने सुहाना खान जोया अख्तरको फिल्मबाट डेब्यु गर्दैछिन् । यो फिल्मको रिलिजको प्रतिक्षामा फ्यानहरु आतुर छन् । बोनी कपूरकी कान्छी छोरी खुशी कपूर र अमिताभ बच्चनका नाति अगस्त्य नंदा पनि फिल्मको हिस्सा बन्न लागेका छन् ।


Last Updated on: September 24th, 2022 at 5:16 pm

तपाईको प्रतिक्रिया