शुक्रबार १४ आश्विन २०७९

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) विरुद्ध फेसबुक स्टाटसको वर्षा गराईरहेका धारान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मिल्ने कुरा गरेका छन् ।

साम्पाङले आफ्नो फेसबुक मार्फत समर्थकहरुलाई खुशी पार्ने प्रतिक्रिया जनाएका छन् ।उनले केहि बेर अगाडी मात्र अब झगडा नगरौँ मिलौँ भनेर स्टाटस लेखेका छन् ।

साम्पाङले भनेका छन्, ‘ठुला ठुला गफ लाउने होइन साना साना काम गरौँ एक अर्काको विरोधमा होइन मिलेर अघि बढौँ ।’समर्थहरुबाट नै आलोचना हुन थाले पछि साम्पाङ हच्किएका छन् ।

यता काठमाडौँ महानगरपालिकाका मेयर साह भने शान्त छन् । हर्कको स्टाटसमा बालेनले कमेन्ट गरेपछि सुरु भएको फेसबुक वार अब भने रोकिने देखिएको छ ।

बालेनले भने काठमाडौँको फाहोर व्यवस्थापनमा चासो राख्ने सबैलाई धन्यवाद दिएका छन् । बालेनले सिधै हर्क साम्पाङको नाम नलिए पनि उनको स्टाटसको आसय हर्क तिरै लक्षित देखिन्थ्यो । यसरी सबैतिरबाट चासो व्यक्त हुन राम्रो भएको भन्दै भन्दै बालेनले आभार व्यक्त गरेका छन् ।

बालेनले निकै फराकिलो पन देखाएर स्टाटस लेखेका छन् । उनले काठमाडौँ देशकै राजधानी भएकाले यहाँ हुने राम्रा र नराम्रा कामले देशैभरी प्रभाव पर्ने कुरामा सचेत रहेको भन्दै फोहोर व्यवस्थापनमा देखिएको सबैको चासोलाई सकारात्मक र सरहानिय रहेको भनेका छन् ।

त्यत्तिमा मात्रै नरोकिएका बालेनले यसरी चासो राखिदिएकोमा आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै चासो राखिदिन पनि अनुरोध गरेका छन् । बालेनलले अब काठमाडौ लाई स्वच्छ सफा कायम गर्ने दायित्वमा महानगर पछि हट्ने छैन । भन्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

मेयर बालेन साहले लेखेका छन्, ‘आज २८७ फोहोर गाडी फोहोर बञ्चरे पुगेका छन् । यसमा साथ, सहयोग दिने सबैलाई धन्यवाद छ । अब काठमाडौ लाई स्वच्छ सफा कायम गर्ने दायित्वमा महानगर पछि हट्ने छैन ।

काठमाण्डौँ देशको राजधानी भएकाले यहाँ हुने राम्रा, नराम्रा कुराहरुको देशभर प्रभाव रहने कुराप्रति हामी सचेत छौँ । यसैले देशभरबाट यहाँको विकास र व्यवस्थापनमा जुन किसिमको प्रत्यक्ष चासो देखिएको छ, त्यो सकारात्मक र सह्रानीय मानेका छौँ ।

यस किसिमको चासो र खबरदारीको सँधै आवश्यक रहन्छ । तपाईहरुको साथ, चासो, अपनत्व र खबरदारीहरु लागि हामी आभारी छौँ ।’


Last Updated on: August 20th, 2022 at 3:40 pm

तपाईको प्रतिक्रिया