शुक्रबार १० चैत्र २०७९

बुटवल । नेकपा (एमाले)का देवदह नगर अध्यक्ष टिकाराम चापागाईंले पार्टी परित्याग गरी संघीय निर्वाचनमा स्वतन्त्र उमेदवारी दिने घोषणा गरेका छन् ।रुपन्देही–१ क्षेत्रका जनताका लागि काम गर्न तथा स्थानीयका समस्या र गुनासालाई समाधान गर्न पार्टीभन्दा माथि उठ्नुपर्ने भन्दै एमाले परित्यागको घोषणा गरेका हुन् ।

देवदहमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष चापागाईंले पार्टीको सबै जिम्मेवारी र पार्टी सदस्यता समेत परित्याग गरेको घोषणा गरेका हुन् । ।पार्टीमा सधैंभरी सिमित मान्छे नेता हुने र कार्यकर्ताको विशाल पंक्ति सधै कार्यकर्ता नै रहिरहनुपर्ने बेथितिको विरुद्ध आफुले विद्रोह गरेको उल्लेख गर्दै उनले आगामी प्रतिनिधि सभा चुनावमा रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरे ।

२०७४ सालमा भएको स्थानीय चुनावमा चापागाईं कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवार हिरा केसीसंग झिनो मतले पराजित भएका थिए ।उता नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली एमालेले गरेको विकास देखेर तराई मधेशमा पार्टी प्रवेशको लहर चलेको बताएका छन् ।

धनुषाको तिनकौरियामा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले आफ्नो सरकारको पालामा भएको विकास देखेर हिजो प्रवेश निषेध गरेको तराई मधेशमा एमालेमा प्रवेशको लहर चलेको तर्क गरे ।‘हामीले काम मात्रै गर्‍यौं । हाम्रो काम देखेर तराई मधेशसहित पूर्व मेचीदेखि पश्चिम महाकालीस्म एमाले प्रवेशको लहर चलेको छ’ ओलीले भने ।

मधेश आन्दोलनको बेला तराई मधेशमा एमालेमाथि भ्रम फिजाएर प्रवेश निषेध गरेको बताउँदै उनले मेचीकाली अभियान चलाउँदा सप्तरीमा राज्यपक्षले गोली चलाएर नागरिकको हत्या गराएको आरोप लगाए ।ओलीले भने ‘मेची काली अभियानको क्रममा राज्य पक्षले गोली चलायो । हाम्रै नागरिक मारियो भनेर दुख लाग्यो ।

त्यो कार्यक्रम रोकेँ । मधेश प्रवेश कार्यक्रम स्थगित गरेँ’ उनले भने ।ओलीले निर्वाचन पश्चात् एमालेको सरकार बने ५ वर्ष भित्र सुकुम्बासीको हरेक समस्या समस्या समाधान गर्ने बताए । उनले सो अविधिमै प्रत्येक गरिब विपन्नलाई सुविधा सम्पन्न घर पनि बनाएर वितरण गर्ने आश्वासन दिए ।


Last Updated on: September 24th, 2022 at 6:53 pm

तपाईको प्रतिक्रिया