मंगलबार १३ मंसिर २०७९

सिराहा : सिरहा प्रहरीले अवैध लागूऔ’षधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरू दुवै जना उदयपुर जिल्लाको रहेको प्रहरीले जनाएको छ। एक जनासँग प्रेस कार्ड फेला परेको छ। उनी पत्रकार नै हो की कार्ड मात्रै बनाएको हो खुल्न सकेको छैन।

उनीहरूलाई चेकजाँचका क्रममा सिरहा नगरपालिका-१४ नेमचन चोकबाट पक्राउ गरिएको छ। पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका-२ कल्याणपुर टोलका ३५ वर्षीय सुरेश कुमार धमला र मोटरसाइकल पछाडि सवार ओखलढुङ्गा फुलवारी गाउँ विकास समिति-९ मा घर भई हाल जिल्ला उदयपुर कटारी नगरपालिका-२ कल्याणपुर टोलकै ३५ वर्षीय इश्वर खत्री रहेका छन्।

पक्राउ परेका धमलासँग रामा एक्सप्रेस खबरको प्रेस कार्ड पनि छ। प्रहरीले उनीहरूको साथबाट ना’इट्रोभेट-१० लेखिएको २५ ट्याब्लेट, स्पा’स्मो प्रो’क्सभोन प्लस लेखेको ८ क्याप्सुल, डा’इलेक्स डिसी जस्तो देखिने तरल पदार्थ के’मप्टी म्या’ङ्गो पन्च लेखिएको ६०० एमएलको बोतल लागूऔ’षध र अन्य कागजातहरू बरामद गरेको छ।

अवैध लागूऔ’षध, मोटरसाइकल, मोबाइल, एटीएम कार्ड, आईडी कार्ड, नागरिकता, राहदानी, ड्राइभिङ लाइसेन्स र नगदसहित फेला पारिएको प्रहरीले जनाएको छ। उनीहरू भारतबाट नेपालतर्फ स. ९ प. ५१० नं. को मोटरसाइकलमा आउँदै थियो।

उनीहरूलाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट लागूऔ’षध मुद्दामा सात दिनको म्याद लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी सुवास बुढाथोकीले जानकारी गराए।


Last Updated on: September 24th, 2022 at 7:03 pm

तपाईको प्रतिक्रिया