शुक्रबार १० चैत्र २०७९

काठमाडौं । एक नेतामाथि जागिर लगाउने नाममा ब’लात्कार गरेको आरोप लागेको छ । भारत, मध्य प्रदेशमा भारतीय जनता पार्टी (भाजपा) का एक नेताले ब’लात्कारजस्तो जघन्य अपराध गरेका हुन् । ती नेताले जागिर दिने नाममा २८ वर्षीया युवतीलाई बलात्कार गरेका छन् ।

भाजपा नेता शशिकान्त सोनीले जबलपुरबाट भोपाल ल्याएर कारमा युवतीलाई ब’लात्कार गरेको पीडितको आरोप छ । पीडित युवती रुन थालेपछि उनले जबलपुर लगेर बाटोमै छोडेका थिए । पीडितले बिहीबार भोपाल पुगेर टीटी नगर प्रहरी चौकीमा उजुरी दिएकी थिइन् ।

शुक्रबार साँझ पार्टीले सोनीलाई ६ वर्षका लागि निष्कासन गर्यो । एफआईआरमा पीडितले भनेकी छिन्, ‘म जबलपुरमा निजी कम्प्युटर अपरेटरको रूपमा काम गर्छु । मैले जबलपुर नगर निगममा आफ्नो बायोडाटा (सिभी) दिएकी थिएँ ।त्यहाँ मलाई शशिकान्त सोनीले म निगम आउनुको कारण सोधे ।

मैले भनेपछि उनले सरकारी जागिर दिने आश्वासन दिए, एक लाख ८० हजार (भारु) घुस मागे । म पैसा तिर्न राजी भएँ ।’उनले थप्दै भनेकी छिन्, ‘मैले पैसा मिलाएर शशिकान्त सोनीलाई फोन गरेपछि उनले पैसा लिएर भोपालजानुपर्ने कुरा बतायो ।

उनले मसँग सबै नेता भोपालमा बस्छन्, जबलपुरबाट कुनै काम हुँदैन भने ।’उजुरीमा उनले भनेकी छिन्, ‘उनले मलाई मार्च ५ मा भोपाल पुर्याए । उनले बायोडाटा र कागजातहरू भोपालको अज्ञात ठाउँमा लगे । करिब डेढ घण्टामा फर्किए । फर्किने बित्तिकै उनले भने–तिम्रो काम सकियो ।

अब तिमीले जागिर पाउछ्यौँ ।’तर जब युवतीले घर फर्किन खोजिन् उनले कामको कारण देखाउँदै भोपालका धेरै ठाउँमा लगेर गए । अन्ततस् ती नेताले युवतीलाई राति करिब ९ बजे टीटी नगर रंगशाला पछाडि रहेको जैन मन्दिरमा लगे ।त्यहाँ पुर्याएर उनले गाडी लक गरे, संवेदनशील अंगमा छुन थाले ।

त्यसपछि उनले युवतीसँग जबरजस्ती सम्बन्ध बनाए । जब महिला रुन थालिन् तब उनलाई जबलपुर लगेर राजमार्गमा छाडेर सोनी भागेका थिए ।यो सबै भएपछि जब उनले कामको लागि सोधिन्, उनी युवतीसँग रिसाउन थाले । त्यसपछि उनले युवतीको नम्बर पनि ब्लक गरिदिए ।

अब शशिकान्तसँग सम्पर्क हुँदैन् । भाजपा नेता शशिकान्त सोनीले धेरै पदमा रहेर काम गरिसकेका छन् । उनी क्वालिटी काउन्सिल अफ इन्डियाका आजीवन सदस्य पनि हुन् ।साथै, भारतीय विमानस्थल प्राधिकरण, भारत सरकार, दामन विमानस्थलको सल्लाहकार समितिको सदस्य पनि हुन् ।

कोभिडको समयमा उनी जिल्ला विपद् व्यवस्थापन समितिको सदस्य थिए । शशिकान्त जबलपुर नगरपालिकाको म्युनिसिपल कमिटीका सदस्य पनि हुन् । भाजपा नेताले जबलपुरको राइट टाउनमा आफ्नो कार्यालय खोलेका छन् । पार्टीले उनलाई निष्कासन गरेपनि अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन् ।


Last Updated on: September 24th, 2022 at 8:58 pm

तपाईको प्रतिक्रिया